१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

भूप्रशासन सेवा केन्द्र सञ्चालन गर्दै कामपा

भूप्रशासन सेवा केन्द्र सञ्चालन गर्दै कामपा
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महानगरका १० वटा वडामा भूप्रशासन सेवा केन्द्र सञ्चालनको प्रक्रिया अघि बढाएको छ । यसका लागि कामपाले कर्मचारीलाई प्रक्रिया र प्रणालीसम्बन्धी तालिम दिइसकेको छ ।

पहिलो चरणमा नमूनाका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा उक्त सेवा सञ्चालन गर्न लागिएको कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार कामपाको ४७औँ कार्यपालिका बैठकले नमूना कार्यक्रमका रूपमा १० वटा वडाबाट भूप्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो । वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट भूसेवामा काम गर्ने कर्मचारीलाई सहभागी गराइएको उहाँको भनाइ छ ।

“नेपालको संविधानले स्थानीय तहलाई दिएका एकल अधिकारलाई पूर्ण कार्यान्वयन गर्न हामी निरन्तर काम गरिरहेका छौँ । साझा अधिकारको प्रयोगका लागि अन्तरसरकार समन्वय र सहकार्यमा प्रतिबद्ध भएर लागेका छौँ”, प्रमुख डङ्गोलले भन्नुभयो, “नागरिकलाई सङ्घीयता लाभ महसुस गराउँदै भूप्रशासनमा झन्झटरहित र वास्तविकतामा आधारित प्रणाली सञ्चालन गर्नेछौँ ।”

नागरिकलाई महसुसयोग्य सेवा प्रवाहमा आफूले कर्मचारीबाट आशा एवं भरोसा लिएको बताउँदै डङ्गोलले नमूना कार्यक्रमको सिकाइबाट मानव स्रोत, कार्यकक्ष, साधन तथा उपकरण थप गरेर अन्य वडामा सेवा विस्तार गर्दै लैजाने, कर्मचारीको क्षमता विकास तथा प्रोत्साहनका लागि कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

नेपालको संविधानले भूप्रशासनको काम स्थानीय तहलाई दिएको छ । यसअघि पूर्वाधार र जनशक्ति तयार नभएकाले यो काम सङ्घ सरकारबाटै हुँदै आएको थियो । चार किल्ला सिफारिस, घरबाटो सिफारिसजस्ता सेवा यसअघि पनि कार्यान्वयनमा आएका थिए । अब भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, श्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम सञ्चालन भएको वडाबाटै प्राप्त हुनेछन् ।

नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व वडा कार्यालयबाट लिने व्यवस्था, सेवाग्राहीको पहिचानका सुनिश्चित गर्न बायोमेट्रिक विवरण सङ्कलन गर्ने व्यवस्था, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा सिफारिस र अभिलेख व्यवस्थापनको काम पनि वडाबाटै हुनेछन् ।

अभिलेख प्रणाली, लिखत पारित, नामसारी प्रक्रियामा स्थानीय तहबाट हुने सही र सनाखत, न्यूनतम मूल्याङ्कन, रजिष्ट्रेसन शुल्क, रोक्का गर्नेलगायत सेवा समावेश छन् । रासस