१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

कालीकोटमा निर्वाचन अवधिमा ड्रोन उडाउन प्रतिबन्ध

कालीकोटमा निर्वाचन अवधिमा ड्रोन उडाउन प्रतिबन्ध
फाइल फोटो
अ अ+ अ-

कालिकोट। कालिकोटमा ‘रिमोटली प्वाइन्टेट एयरक्राप्ट’ (आरपीए) र ‘ड्रोन क्यामेरा’ उडाउन तीन दिनका लागि प्रतिबन्ध लगाइएको छ ।

यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर निर्वाचन भन्दा तीन दिनअघिदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि आरपीए र ड्रोन उडाउन प्रतिबन्ध लगाउने निर्णय जिल्ला सुरक्षा समितिले गरेको हो ।

सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा व्यक्तिगत र संस्थागत तवरबाट विभिन्न उद्देश्यहरू लिई आरपीए÷ड्रोनलगायत उपकरणको प्रचलन बढ्दै आएको र सुरक्षा अवस्थामा असर नपुग्नेगरी उडान, अनुमति र अन्य नियमनसम्बन्धी व्यवस्थालाई अद्यावधिक गर्न मानवरहित हवाई उपकरण आरपीए/ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५ जारी भई लागूसमेत भइसकेकाले निर्वाचन अवधिमा उडान गर्न प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताउनुभयो ।

निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी अनुमति लिई सञ्चालनमा रहेका ड्रोन प्रयोगकर्ताको हकमा निर्वाचन मितिभन्दा तीन दिन अगाडिदेखि निर्वाचन सम्पन्न नहुँदासम्म आरपीए÷ड्रोन उडान प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो ।

उहाँले निर्वाचन अवधिमा सुरक्षा निकायबाहेक अन्य व्यक्ति÷संस्थालाई ड्रोन उडानमा रोक लगाउने निर्णय भएको र अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने उल्लेख गर्नुभयो । रासस