१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिस भिड्ने
अ अ+ अ-

काठमाडौँ। विभागीय टोली त्रिभूवन आर्मी र नेपाल पुलिस क्लवले जय ट्रफी मेन्स इलाइट कपको दोस्रो संस्करणमा पनि उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।

चार टोली सहभागी जय ट्रफीको लिगमा शिर्ष दुई स्थानमा रहँदै आर्मी र नेपाल पुलिसले लगातार दोस्रो संस्करण उपाधि भिडन्त तय गरेका हुन् ।

शुक्रवार भएको लिगको तेस्रो तथा अन्तिम खेलमा पुलिसले वागमती प्रदेशलाई आठ विकेटले हराउँदै लिगको दोस्रो स्थानमा उक्लियो । दिनको अर्को खेलमा आर्मी र एपिएफ क्लबबीच भने ‘ड्र’ भयो ।

फाइनल भने आगामी प्रतिनिधि सभा निर्वाचनपछि मार्च ५ तारिखमा हुने भएको छ । लिगचरण दुई दिवसीय फरम्याटमा भएको थियो । तर फाइनल भने तीन दिवसीय फरम्याटमा हुनेछ ।

पहिलो संस्करणमा पुलिसले आर्मीले हराउँदै उपाधि उचालेको थियो । यसपल्ट पनि यी दुई टोली नै फाइनलमा पुगेका छन् । पुलिसले दुई जित निकाल्दा आर्मी एक जित र दुई ‘ड्र’ को नतिजा सामना गर्यो।

समान तीन खेलबाट आर्मीले ६६ अंक र पुलिसले ६५.५ अंक प्राप्त गर्दै शिर्ष दुई स्थानमा रह्यो । आर्मीले पहिलो खेलमा पुलिसलाई ९ विकेटले हराउँदै दोस्रो संस्करणको यात्रा तय गरेको थियो । तर दोस्रो खेलमा वागमतीविरुद्ध ‘ड्र’ को नतिजा सामना गर्यो ।

लगातार दोस्रो ‘ड्र’ बाबजुद आर्मी फाइनलमा स्थान बनाउन सफल भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा वागमतीले ८९ रनको सामान्य लक्ष्य दिएको थियो ।

त्यो लक्ष्य पुलिसले दुई विकेटको क्षतिमा पूरा गर्यो । पुलिसको जितमा करण केसीले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले दुई सय ८१ रनको लक्ष्य दियो । जबाफी लक्ष्य पछ्याएको एपिएफ सात विकेटको क्षतिमा दुई सय २८ रनको अवस्थामा थियो ।

दुवै टोलीका कप्तानले इनिङ समाप्तीको सहमति गरेपछि खेल ‘ड्र’ भयो । यो खेलमा आर्मीका बसिर अहमद प्लेयर अफ दी म्याच भए । उनले पहिलो इनिङमा २० रन र दोस्रो इनिङमा १०१ रनको सतकीय योगदान दिए । उनको नाममा एक विकेट पनि रह्यो ।

यसै खेलमा आर्मीकै ओपनर तृतराज दासले पनि शतक पूरा गरेका थिए । तृतराजकै शतकमा आर्मीले पहिलो इनिङमा ९ विकेटको क्षतिमा दुई सय ५२ रनमा इनिङ समाप्ती घोषणा  गर्यो।

एपिएफ भने पहिलो इनिङमा एक सय ४० रनमै अलआउट भयो । आर्मीले एक सय १२ रनको अग्रतासहित दोस्रो इनिङ सुरु गरेको थियो ।आर्मीले दुई सय ६८ रनमा ८ विकेट गुमाउँदा दोस्रो इनिङ समाप्ती घोषणा गर्यो। यससँगै एपिएफले दुई सय ८१ रनको विशाल लक्ष्य पायो ।

साथै यो खेल ‘ड्र’ को संघारमा देखिन्थ्यो । तर, मध्य क्रमका ब्याटर लोकेश बमले ६५ बलमा ६४ रनको आक्रामक इनिङ खेल्दै लक्ष्यनजिक पुग्ने प्रयास गरे । उनको इनिङमा ६ छक्का र दुई चौका रह्यो ।

सुमित महर्जन ३१ रनमा नटआउट रहे । उनले ३१ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । शीर्ष तीन ब्याटर दीपक बोहोराले ३२, कप्तान रोहित पौडेलले ३५ रन र आसिफ शेखले ३१ रनको योगदान दिए ।

आर्मीका स्पिनर नरेन साउदले पाँच विकेट लिँदै एपिएफको इनिङलाई कमजोर बनाउने प्रयास गरे । तर, उनको यो प्रदर्शन आर्मीको जितका लागि पर्याप्त भएन । साहब आलम र पवन कार्कीको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि आर्मीको दोस्रो इनिङमा मध्य क्रमका ब्याटर बसिर १०१ रनमा नटआउट रहे । उनको इनिङमा १२ चौका रह्यो । कप्तान विनोद भण्डारी ६३ रन र इमरान शेखले ४१ रनको योगदान दिए ।

ओपनर शेखले पहिलो इनिङमा पनि ७१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । त्रिवि क्रिकेट मैदानमा पुलिस र बागमतीबीच दुवै इनिङमा ठूलो योगफल बन्न सकेन । पहिलो इनिङमा बागमती १८५ रनमा नै अलआउट भयो ।

पुलिसले ३३४ रनमा आठ विकेट गुमाएपछि इनिङ समाप्ती घोषणा ग¥यो । पुलिसले एक सय ४९ रनको अग्रतासहित बागमतीलाई दोस्रो इनिङका लागि निम्तो दिएको थियो । तर दोस्रो इनिङमा बागमतीले सुधारिएको ब्याटिङ ग¥यो । तर बागमती दुई सय ३७ रनमा अलआउट भएपछि पुलिसले सामान्य लक्ष्य पायो ।

ओपनर सोहेल कुँवरले ३५ रन र करणले २७ रनको अविजित इनिङ खेल्दै पुलिसलाई जित दिलाए । शंकर रानाले २७ रनमा बोल्ड भए ।

शंकरले पहिलो इनिङमा ४८ रनको योगदान दिएका थिए । पहिलो इनिङमा कुशल भुर्तेलले ९६ रनको उत्कृष्ट प्रदर्शन गरे । कप्तान आरिफ शेखले ५३ रन र दिलसाद अलीले ५१ रनको अर्धशतकीय प्रदर्शनपछि पुलिसको पहिलो इनिङ राम्रो रह्यो । —न्युज एजेन्सी नेपाल