२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा

सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा
अ अ+ अ-

पोखरा: नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता, कार्यकर्तालाई सामाजिक सञ्जालमा भिडेर बस्ने काम नगर्न निर्देशन दिनुभएको छ ।

शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उहाँले सामाजिक सञ्जालले घृणा फैल्याउने काम गर्ने भएकाले त्यसको भर नपरी घरघरमा गएर प्रचार अभियानमा जुट्न सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभएको हो । सभापति थापाले मुलुक एक्लै नबन्ने भएकाले आफूले सबै दललाई सँगै लिएर अघि बढ्ने बाटो तय गरेको समेत बताउनु भयो । आफूले प्रधानमन्त्री हुने मौका पाए सबै दलहरुलाई साथ लिएर अघि बढ्ने सभापति थापाको भनाई थियो । देश एक्लै नबन्ने उल्लेख गर्दै उहाँले एमाले, रास्वपालगायतका सबै दलसँग सहकार्य गरेर अघि बढ्नु नै मुलुकको हितमा हुने समेत बताउनु भयो ।

सभापति थापाले भन्नुभयो,‘तपाईहरुले केवल सामाजिक सञ्जालमा भिडेर मात्रै हुँदैन । सामाजिक सञ्जाल जहिले पनि सामान्यता कसको पक्षमा हुन्छ ? जसले घृणा फैल्याउँछ । जस्तो म अहिले यहाँ आए । यहाँ आएर २ जनालाई गाली गरेँ । केही तुच्छ कुरा बोले । बेलुका त्यो भाईरल हुन्छ । त्यो कन्टेन्ट बन्छ । तर मैले प्रेमको कुरा गर्छु । सृजनाको कुरा गर्छु । विकासको कुरा गर्छु, मिलाउने कुरा गर्छु । किन मलाई थाहा छ– देश एक्लैले बन्दैन, एक्लैले चल्दैन।  मैले भोली प्रधानमन्त्री बन्ने मौका पाएभने मलाई एमाले पनि चाहिन्छ, मलाई माओवादी चाहिन्छ । मलाई रास्वपा चाहिन्छ । मलाई सबै पार्टी चाहिन्छ नि त । मैले त सबैलाई लिएर जानुपर्छ । संविधान संशोधन गर्नुपर्छ । चाहिएन, मलाई ६, ७४३ वडाको वडाध्यक्षको साथ चाहिन्छ । सात प्रदेशको साथ चाहिन्छ । चाहिदैन ?’

सभापति थापाले सामाजिक सञ्जालमा तुच्छ कुरा गरेर आफू भाईरल हुने पक्षमा नरहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल