२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

प्रशासनको आग्रह: काठमाडौँमा होली पर्व शान्तिपूर्ण र मर्यादित मनाउनुस्

प्रशासनको आग्रह: काठमाडौँमा होली पर्व शान्तिपूर्ण र मर्यादित मनाउनुस्
अ अ+ अ-

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी माघ १८ गते पर्ने फागू पूर्णिमा (होली) पर्वलाई लक्षित गरी सर्वसाधारणलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ।

प्रशासनले जारी गरेको सूचनामा विगतका वर्षहरूसँग तुलना गर्दा अहिले अनावश्यक भव्य कार्यक्रम, खर्चिला झलझली कार्यक्रम, मादक पदार्थको सेवन र सार्वजनिक अशान्ति बढेको पाइएको उल्लेख गरिएको छ।

यसैक्रममा सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ अनुसार धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरूको मनाउने विषयलाई व्यवस्थित गर्न आदेश दिइएको छ।

सार्वजनिक स्थानमा झैझगडा, जबर्जस्ती रंग छर्किनु, अत्यधिक भागदौड गर्नु, मादक पदार्थको सेवन गरी पारिवारिक वा सामाजिक शान्ति भंग गर्नु, कसैको इच्छा विपरीत रंग वा पानी हान्नु आदि अमर्यादित कार्य नगर्न सूचनामा उल्लेख गरिएकाे छ ।

त्यस्तै आउँदो प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को दृष्टिलगत्तै निर्वाचन आचारसंहिता पालन गर्नुपर्नेमा जोड दिइएको छ। यसअनुसार होली पर्वमा उम्मेदवार वा दलका चिन्ह/तस्विर अङ्कित भेष्ट, टि-सर्ट, कमिज, गम्छा, ज्याकेट, मास्क, झोला आदिको प्रयोग पूर्णरूपमा प्रतिबन्ध गरिएको छ।

प्रशासनले परिवारजन र साथीभाइसँगै घरभित्र वा निजी कम्पाउण्डमा पर्व मनाउन बाधा नपर्ने तर खुला सडक वा सार्वजनिक स्थानमा भिड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्चमा सांगीतिक कार्यक्रम गर्ने, मादक पदार्थको वितरण/सेवन गर्ने तथा निर्वाचन आचारसंहिता विपरीत गतिविधि नगर्न अनुराेध गरिएकाे छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले सबै नागरिकलाई आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी मर्यादित, अनुशासित र व्यवस्थित ढंगले होली पर्व मनाउन आग्रह गरेका छन्।