१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्यात दिवस मनाइदै



अ+ अ-

काठमाडौं । नेपाल निर्यात परिषद्ले पुष २२ गते निर्यात दिवस मनाउने भएको छ ।

परिषद्ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी पुष २२ गते ‘चौथो निर्यात दिवस- २०७६’ मनाउने जानकारी दिएको हो । निर्यात दिवसले व्यवसायीक समस्या समाधानका लागि ऐकबद्धता कायम गर्ने, आयातमुखि बजारलाई निर्यातमुखि बनाउन सहयोग गर्ने लगायतका उद्देश्य राखेको परिषद्का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बैंक ब्याजदर उच्च हुनु, उत्पादन लागत बढ्दै जानु र कर प्रणालीमा अझैपनि समस्या रहनुले उत्पादन बढन् नसक्दा निर्यात न्यून रहेको बताउनुभयो । निर्यात दिवसले निर्यातमा हुने समस्याहरु सम्बन्धमा सरकारको ध्यानाकर्षण गर्न सहयोग पुर्याउने समेत उहाँले बताउनुभयो ।

निर्यात दिवस नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र नेपाल हस्तकला महासंघको सह आयोजनामा मनाउन लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।