२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्चला सम्मानित



अ+ अ-

काठमाडौं । नेपाल सितोरियो कराते संघ, शाखा डोजो शंखपार्कले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको महिला एकल कातामा रजत जित्न सफल चन्चला दनुवारलाई सम्मान गरेको छ ।

शंखपार्ककै आयोजनामा भएको जिल्लाव्यापी कराते प्रतियोगिताको उद्घाटन अवसरमा डोजोका अध्यक्ष एवं प्रमुख प्रशिक्षक सानुबाबु तामाङले चन्चलालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । उपत्यकाका तीन जिल्ला, धादिङ र काभ्रेका डोजो सहभागी प्रतियोगितामा लालीगुराँस टिम च्याम्पियन बन्यो । लालीगुराँसले ९ स्वर्ण, ३ रजत र ४ कांस्य जित्यो । ३ स्वर्ण, १ रजत र ३ कांस्यसाथ सरस्वती दोश्रो भयो । तेश्रो स्थानको आयोजक शंखपार्कले २ स्वर्ण, ६ रजत र ४ कांस्य हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा बूढानीलकण्ठका सौगात थापा तथा महिलामा भार्देउ डोजोकी अनिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए । धादिङको धुनवेसी डोजोले अनुशासित टिमको उपाधि हात पार्यो ।

विजेतालाई काठमाडौं महानगरपालिका वडा नं। ४ का अध्यक्ष मोहन विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले उद्घाटन गरेका थिए । प्रतियोगितामा २ सय २५ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।