२५ भाद्र २०८३, बिहीबार
,
Latest
केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब ट्राफिक नियम उल्लंघन गरे एक लाखसम्म जरिमाना



अ+ अ-

काठमाडौं । सरकारले सवारी नियम उल्लंघनका घटनामा कमी गराउन भन्दै नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्मको जरिमानाको व्यवस्था गर्ने तयारी गरेको छ । हाल सवारी नियम मिच्नेलाई न्यूनतम ५ सय र अधिकतम ५ हजार जरिमाना गराउने प्रावधान छ । सरकारले अब न्यूनतम २ हजार र अधिकतम एक लाखसम्म पुर्याउने तयारी गरेको हो ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनलाई परिमार्जन गर्दै सवारी नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिमाना गराउने तयारी गरेको हो । विभागले तयारी गरिरहेको नियम पारित भएर लागू भएमा एक लाखसम्म जरिमाना पुग्नेछ । विभागले कसुरको प्रकृतिअनुसार सजाय रकम बढाउनेदेखि लाइसेन्स निलम्बन र खारेज गर्नेसम्मको प्रावधान राखेको छ । यातायात व्यवस्था विभागले जरिमाना बढाउँदा सवारी नियम उल्लंघनमा कमी आउने जनाएको छ ।

विभागले ऐन परिमार्जनको तयारी गरे पनि सरोकारवाला निकायसँग छलफल गर्दा परिमार्जन हुने सम्भावना पनि छ । विभागले दर्ता नगरी सवारी चलाएमा, स्वीकृति नलिई सवारीसाधनको सिट थपेमा वा सवारीको स्वरूप, इन्जिन तथा च्याचिसमा परिवर्तन गरेमा जरिमाना गर्ने तयारी गरेको छ । त्यस्तै, तोकिएभन्दा बढी भाडा लिएमा तथा क्षमताभन्दा बढी यात्रु राखेमा पनि जरिमाना वृद्धि गर्ने तयारी छ ।