१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमा टोरिनोसँग रोमा पराजित



अ+ अ-

इटालियन सिरी ए फुटबलमा रोमा पराजित भएको छ । आइतबार राति रोमा घरेलु मैदानमा टोरिनोसँग २–० गोल अन्तरले पराजित भएको हो । खेलको ४५ औं मिनेटमा आन्द्रिया बेलोट्टीले टोरिनोलाई जित दिलाउन पहिलो गोल गरेका थिए ।

पहिलो गोल गरेका बेलोट्टीले ८६ औं मिनेटमा पुनः पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोरिनोलाई जित दिलाए । घरेलु मैदानमा पराजित भएसँगै रोमाले शीर्ष तीनको क्लबसँग अंक दुरी कम गर्ने मौका गुमाएको छ ।

चौंथो स्थानको रोमाको ३५ अंक रहेको छ । नवौं स्थानको टोरिनोको २४ अंक रहेको छ ।