२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्थाको जग्गा नियम विपरित करोडौमा बिक्री, कारबाही गर्न समाजको माग



अ+ अ-

भक्तपुर । नेपाल लगायत विश्वभर रहेका थुलुङ्ग (राई) हरुको हकहित, भाषा, संस्कार, संस्कृतिको सम्बृद्धि र विकास गर्ने उदेश्यले स्थापना भएको थुलुङ्ग (राई) सामा नेपालको नाममा रहेको जग्गा संस्थाका अध्यक्ष सहितले बिक्री गरि करोडौ रकम हिनामिना गरेका छन् ।

विद्यान अनुसार अबैधानिक भईसकेका संस्थाका अध्यक्ष पूर्णसिंह थुलुङ्ग, उपाध्यक्ष राम थुलुङ्गसहितको मिलेमतोमा संस्थाको जग्गा बिक्री गरि रकम हिनामिना गरेको भन्दै दोषी उपर कारबाही गरि जग्गा फिर्ता गर्न सरोकारवालाहरुले माग गरेका छन् ।

संस्थाको कार्यसमिति सदस्य एवं पदाधिकारीलाई समेत जानकारी नगराई, कुनै भेला समेत नगरी सिमित व्यक्ति बसेर विधान विपरित जग्गा बिक्री गरी रकम अपचलन गरेको संस्थाका पदाधिकारीले आज प्रेस बिज्ञप्ती जारी गरि बताएका छन् ।

विगत १९ वर्ष अगाडि कमल राईको अध्यक्षतामा रहेको समितिले सूर्यविनायक नगरपालिका नंखेलमा नंखेल १ (ख) कित्ता नं. ९०४, ९०५ र ९०७ को चार रोपनी २ आना ३ पैसा ४ दाम जग्गा संस्थाको नाममा खरिद गरिएको थुलुङ्ग (राई) जग्गा सरोकार समितिका संयोजक जनीकुमार राईले जानकारी दिनुभयो ।

थुलुङ्ग (राई) सामा नेपालको २०७२ जेठ ३ गते कार्यभार सम्हालेका समाजका अध्यक्ष पूर्णसिंह थुलुङ्ग सहितको कार्यकाल विधान सम्बत रुपमा २०७५ जेठमा सकिए पनि संस्थाको साधारणसभा समेत आव्हान नगरी उक्त समितिले विधान विपरित २०७४ साउन २३ गते जग्गा बिक्री गरेको पाईएको उहाँले जानकारी दिनुभयो ।

जग्गा बिक्री गरि रकम अपचलन गरिसक्दा पनि संस्थाका सदस्यहरुलाई जानकारी नदिई लुकाएको अबस्थामा गत मंसिरमा जानकारी आएपछि संस्थाको जग्गा जोगाउन थुलुङ्ग (राई) जग्गा सरोकार समिति गठन गरिएको राईले जानकारी दिनुभयो ।

समितिले संस्थाको जग्गा बिक्री गरेको कारण र रकमबारे पटक पटक जानकारी लिन र संस्थाको जग्गा फिर्ता गराउन छलफल गर्दा उल्टै धम्क्याउने गरेको र प्रहरीमा समेत उजुरी दिएर प्रहरी मार्फत समेत धम्क्याएको समितिका सचिव धनबल राईले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष पूर्णसिंह थुलुङ्गको नेतृत्वमा जग्गा बिक्री भएको र अब कुनै हालतमा संस्थाको जग्गा फिर्ता हुदैन, जे गर्न सक्छौ गर भनेर उपाध्यक्ष राम थुलुङ्ग मार्फत सरोकार समितिलाई खबर पठाएको सचिव धनबल राईले जानकारी दिनुभयो ।