१५ असार २०८३, सोमबार
,
Latest
बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा निर्वाचनकाे समयमा रुपन्देही सिमाना नाका तीन दिन बन्द हुने



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भारतसँग सिमा जोडिएका सबै नाकाहरू बन्द गर्ने निर्णय गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याका अनुसार सिमाना नाका १८ गते (सोमबार) राति १२ बजेबाट २१ गते (बिहीबार) राति १२ बजे सम्म बन्द रहनेछ।

यस क्रममा मतदान कार्य सम्पन्न नहुँदासम्म एम्बुलेन्स, दुग्ध ट्याङ्कर, दमकल, दुरसञ्चार सेवा, अस्पताल सेवा, विद्युत सेवा लगायत अत्यावश्यक सेवा र अनुमती प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन संचालनमा रोक लगाइएको छ।