२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदस्य–सचिव सिलवाल सम्मानित



अ+ अ-

काठमाडौं । नेपाल मास्टर्स एथलिट एसोसिएसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई सोमबार सम्मान गरेको छ । नेपालमा मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण योगदान पुर्याएवापत सदस्य–सचिव सिलवाललाई सम्मान गरिएको हो । एसोसिएनका अध्यक्ष जीएन दाई शर्माले सदस्य–सचिव सिलवाललाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा दक्षिण कोरियामा भएको विश्व इन्डोर मास्टर च्याम्पियनसिपको हर्डल्समा छैटौं श्रेणी प्राप्त गरी डिप्लोमा सर्टिफिकेट हासिल गरेका यज्ञलाल श्रेष्ठ तथा एसियन मास्टर एथलिट च्याम्पियनसिपको १ हजार ५ सय मिटर दौडको फाइनलमा आठौं स्थान हासिल गरी डिप्लोमा सर्टिफिकेट प्राप्त गर्न सफल गिर्वाणविक्रम शाहलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । सदस्य–सचिव सिलवालले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव सिलवालले परिषद्ले विभिन्न उमेरसमूह र विभिन्न खेलको राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्दै आएपनि भेट्रान खेलाडीहरुको कुनैपनि प्रतियोगिता नगरेको हुँदा अब केहि खेल मात्र समावेश गराएर भएपनि भेट्रानहरुको प्रतियोगिता सुरुआत गर्ने सोच बनाएको बताए ।

उनले आसन्न १४ औं सागमा नेपालले ७५ स्वर्ण, एसियाली खेलकुदमा स्वर्ण र ओलम्पिकमा बढी भन्दा बढी खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने वातावरण निर्माण गर्न जरुरी भएको बताउदै त्यो कार्यमा परिषद् अगाडि बढ्ने बताए । उनले एसोसिएसनले गरेको सम्मानलाई सम्मानका रुपमा नभइ आशिर्वादका रुपमा ग्रहण गर्ने धारणा व्यक्त गरे ।