१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : वेस्ट इन्डिजसामु जिम्बाबे निरिह, १०७ रनले पराजित



अ+ अ-

शिबरन हिटमायर र रोभमन पावेलको बिस्फोटक ब्याटिङ मद्दतले आइसिसि टी २० विश्वकपको सुपर ८ को खेलमा जिम्बाबे १०७ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

यो जितसँगै सुपर ८ को समूह १ मा वेस्ट इन्डिज २ अंक सहित रन रेट (५.३८) का आधारमा पहिलो स्थानमा उक्लेको छ । यही समूहमा रहेको दक्षिण अफ्रिका पनि राम्रो रन रेट (३.८) का साथ दोस्रो स्थानमा छ । अफ्रिकाले आयोजक भारतलाई विशाल रन अन्तरले हराएको थियो ।

यही समूहमा रहेका भारत र जिम्बाबेलाई क्वार्टरफाइनलमा पुग्न अब ठूलै संकट देखिएको छ । किनभने वेस्ट इन्डिज र अफ्रिकाको रनरेट निकै बढी छ । अबका खेलमा यी दुई टिमले जितेर मात्र पुग्दैन, उच्च रन रेटका आधारमा जित्नु पर्ने हुन्छ, जुन लगभग असम्भब छ ।

सोमबार मुम्बईको वान्खेडे मैदानमा जिम्बाबेले टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो ।

पावर हिटिङका लागि नाम कमाएको वेस्ट इन्डिजका लागि शिबरन हिटमायरले ३४ बलको सामना गर्दै ८४ रनको आकर्षक पारि खेले । दुई पटक जीवनदान पाएका हिटमायरले ७ छक्का र ७ चौका हिर्काएका थिए ।

अर्कातिर रोभमन पावेलले पनि ५९ रन बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

प्रारम्भिक ब्याटर ब्रान्डोन किङ (९) र कप्तान शाई होप (१४) सस्तैमा पभेलियन फर्के पनि निर्धारित २० ओभरको खेलमा वेस्ट इन्डिजले ६ विकेट गुमाएर २५४ रन बनाएको थियो । यस इनिङमा १९ वटा छक्का प्रहार भएका थिए भने १६ वटा चौका ।

जितका लागि २५५ रनको विशाल लक्ष पछ्याएको जिम्बाबे १७.४ ओभरमा अलआउट हुँदै १४७ रनमा समेटिएको थियो । जिम्बाबेका लागि ब्राड इभान्सले ४३ तथा डियोन मायर्सले २८ र कप्तान सिकन्दर राजाले २७ रन बनाएका थिए । अन्य खेलाडी सस्तैमा पभेलियन फर्के ।

वेस्ट इन्डिजका लागि गुडाकेस मोटीले ४, अकिले हुसेनले ३, म्याथ्यु फोर्डले २ तथा जेसन होल्डरले १ विकेट लिए ।

मंगलबारको खेल 

इङल्यान्ड   VS   पाकिस्तान (७.१५ बजे)

अंक तालिका