६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एमालेबाहेक अरूले देशको नेतृत्व गर्न सक्दैनन् : ओली

एमालेबाहेक अरूले देशको नेतृत्व गर्न सक्दैनन् : ओली
अ+ अ-

काठमाडौँ । केपी शर्मा ओलीले देशको विकास र समृद्धिको नेतृत्व नेकपा एमालेबाहेक अरू कुनै दलले गर्न नसक्ने दाबी गरेका छन् । झापामा आयोजित कोशी प्रदेश स्तरीय ‘नेसनल भोलेन्टियर फोर्स’को कमिटी गठन तथा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेको विकासप्रेमी छवि आम नागरिकमाझ स्थापित भइसकेको उल्लेख गरेका हुन्। विपक्षी दलहरू भिजनविहीन भएकाले उनीहरूबाट देश विकास सम्भव नभएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले नेशनल भोलेन्टियर फोर्स निर्वाचन केन्द्रित संगठन मात्र नभई शान्ति, सुव्यवस्था र लोकतन्त्रको रक्षाका लागि सधैं सक्रिय रहने अनुशासित शक्ति भएको स्पष्ट पारे । नवगठित फोर्सलाई बधाई दिँदै उहाँले यसले देश र जनताप्रति प्रतिबद्ध भएर काम गर्ने विश्वास व्यक्त गरे ।

विगतमा राज्य संयन्त्रमाथि मात्र भर पर्दा देशले क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले संसद, सिंहदरबार तथा न्यायालयसम्म आक्रमण भएको घटनाको स्मरण गरे । अब यस्ता गतिविधि हुन नदिइने चेतावनी दिँदै उहाँले शान्ति र सुशासन कायम गर्न फोर्स सक्रिय रहने बताए ।

आफ्नो नेतृत्वमा सरकार हुँदा देशले गति लिएको तर आफू हटेपछि देश ड्राइभरविहीन गाडी जस्तो भएको टिप्पणी पनि उनले गरे। प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने नेताहरूप्रति लक्षित गर्दै उनले घोषणा गर्दैमा जिम्मेवारी प्राप्त नहुने धारणा राखे ।

विकासका विषयमा एमालेको कामको चर्चा गर्दै अध्यक्ष ओलीले देशको जुनसुकै स्थानमा उभिएर हेर्दा एमाले नेतृत्वमा भएका पूर्वाधार विकासका उदाहरण देख्न सकिने दाबी गरे । दमक र झापाको उदाहरण दिँदै उनले सडक, विद्युत् र खानेपानीका क्षेत्रमा उल्लेख्य सुधार भएको बताए ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै उनले निष्पक्ष र धाँधलीरहित मतदानको वातावरण बनाउन पार्टी पंक्तिलाई निर्देशन दिए । बुथ कब्जाको कल्पना नगर्न चेतावनी दिँदै प्रत्येक मतदान केन्द्रमा कम्तीमा ३० जना स्वयंसेवक परिचालन गर्न आह्वान गरे ।

आफ्नो कार्यकालमा सुरु भएका तर रोकिएका आयोजना पूरा गर्न एमाले पुनः सरकारमा आउनुपर्ने उनको भनाइ थियो । सुकुम्बासी समस्याको स्थायी समाधान तथा धनीपूर्जा वितरण प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि उनले जनाए ।

प्राकृतिक स्रोतको उपयोगमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य उल्लेख गर्दै अध्यक्ष ओलीले नवलपरासीको धौबादी फलाम खानी र दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकतामा राखिएको बताए । मिथेन ग्यास उत्पादनले इन्धन आयातमा निर्भरता घट्ने र औद्योगिक विकासमा टेवा पुग्ने उनको दाबी छ ।

युवा र महिलालाई लक्षित गरी स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै उनले उद्योगी–व्यवसायीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने बताए ।

अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेलाई विजयी गराउन आह्वान गर्दै एमालेले देश बनाउने, नबिगार्ने र जनताको मनोबल सुदृढ बनाउने जिकिर गरे ।