१५ असार २०८३, सोमबार
,
Latest
नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजकको भेट



अ+ अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेट गर्नुभएको छ ।

गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्रसङ्घले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरूको क्षमता वृद्धिलगायत क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । साथै उनले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा अगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

भेटमा गृहमन्त्री अर्यालले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शान्तिसुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संस्थागत गर्ने कार्य सरकारले तीव्र रूपमा काम गरिरहेको बताए ।

सो अवसरमा संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै नेपालमा लागूऔषध नियन्त्रण, सीमा सुरक्षा मानव बेचबिखनलगायत क्षेत्रमा थप सहयोग र सहकार्य विस्तार गर्ने विषयमा चासो व्यक्त गरे ।