२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्सियालाई हराउदै रियल स्पेनिस सुपर कपको फाईनलमा



अ+ अ-

एजेन्सी । स्पेनिस सुपर कपको फाईनलमा रियल मड्रिड प्रवेश गर्न सफल रहेको छ । साउदी अरेबियामा बुधबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ३–१ गोल अन्तरले हराउँदै सुपर कपको फाईनलमा प्रवेश गरेको हो । रियललाई जित दिलाउन टोनी क्रुस, ईस्को र लुका मोड्रिचले एक एक गोल गरेका थिए । भ्यालेन्सियाका लागि ड्यानी पारिजोले पेनाल्टीमा एक गोल फर्काएका हुन् । खेलको१५ औ मिनेटमा क्रुसको गोलबाट रियलले अग्रता बनाएको थियो ।

संगै ईस्कोले ३९ औ मिनेटमा गरेको गोलले रियललाई दोब्बर गोलको साथ दियो । लुका जोभिकको पासलाई सदुपयोग गर्दै ६५ औं मिनेटमा लुका मोड्रिचले रियलका लागि तेस्रो गोल गरे । खेलको अन्तिम मिनेटमा पारिजोले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियाको हार अन्तर घटाउने काम गरे । दोस्रो सेमिफाईनलमा बिहिबार बार्सिलोनाले एट्लेटिको मड्रिडसंग प्रतिस्पर्धा गर्दैछ ।

विजेता टोलीसंग रियलले आईतबार उपाधिका लागि खेल्नेछ । प्रतियोगिता नयाँ ढाँचा अनुसार सञ्चालन गरिएको हो । स्पेनिस ला लिगाको दुई टिम र कोपा डेल रेका फाईनल खेलेका टिमले स्पेनिस सुपर कपमा प्रतिस्पर्धा गर्न पाउँछन् । रियल तेस्रो स्थानमा रहदै गत सिजन लिगको अन्त्य गरेको थियो । तर बार्सिलोना लिग विजेता र कोपा डेल रेको उपविजेता भएका कारण रियलले सुपरकपमा मौका पाएको हो ।