१४ असार २०८३, आईतवार
,
Latest
भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल



पुष्पकमल दाहाल ‘प्रचण्ड’
अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन माग गर्ने युवामाथि दमन गर्ने र मुलुकको राजनीतिक तथा संवैधानिक संस्थामाथि आगजनी गर्ने प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजाने सङ्कल्प बोकेको बताउनुभएको छ ।

नेकपा दोलखा–काठमाडौँ सम्पर्क निर्वाचन परिचालन समितिद्वारा आज राजधानीमा आयोजित चुनावी सन्देशसभालाई सम्बोधन गर्दै उहाँले इतिहासको कठिन र चुनौतीपूर्ण घडिमा नेकपा राष्ट्र र जनतालाई बचाइराख्ने र दुई अतिवादका विरुद्ध लडेर देशलाई सन्तुलित विकासतर्फ लैजाने दृढताका साथ अघि बढेको बताउनुभयो ।

कार्यक्रममा दोलखा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार विशाल खड्काले समृद्ध दोलखा निर्माणको अभिभारा पूरा गर्न आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजना निर्माणको नेतृत्व नेकपाकै अगुवाइ नै भएको उल्लेख गर्दै उहाँले नेकपाले नै जनअपेक्षा पूरा गर्ने जिकिर गर्नुभयो । रासस