२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

हिटलर जन्मिएको घर अब प्रहरी चौकी

हिटलर जन्मिएको घर अब प्रहरी चौकी
अ अ+ अ-

अस्ट्रिया : नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गर्ने निर्णय गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस र मिश्रित प्रतिक्रिया देखिएको छ। सरकार उक्त भवनलाई अति–दक्षिणपन्थी चरमपन्थीहरूको आकर्षण केन्द्र बन्न नदिने उद्देश्यले नयाँ प्रयोगमा ल्याउन लागेको हो।

सन् १८८९ अप्रिल २० मा जन्मिएको उक्त घर सहरको केन्द्रमा अवस्थित छ। भवनअगाडि राखिएको स्मारक ढुङ्गामा शान्ति, स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्न तथा फासीवादी शासन फेरि दोहोरिन नदिन आग्रह गरिएको छ। यसै साता एएफपीले अवलोकन गर्दा भवनको जीर्णोद्धार अन्तिम चरणमा पुगेको देखिएको थियो। अस्ट्रियाको गृह मन्त्रालयका अनुसार सन् २०२६ को दोस्रो त्रैमासिकभित्र प्रहरी त्यहाँ सर्ने तयारी गरिएको छ।

सरकारले सन् २०१६ मा निजी मालिकबाट भवनको नियन्त्रण लिन विशेष कानून पारित गर्दै यसलाई ‘बेअसर’ बनाउने नीति अघि सारेको थियो। अस्ट्रिया सन् १९३८ मा नाजी जर्मनीद्वारा कब्जा गरिएको थियो। नाजी शासनकालमा करिब ६५ हजार अस्ट्रियाली यहुदी मारिएका थिए भने एक लाख ३० हजार निर्वासनमा पठाइएका थिए।

स्थानीय बासिन्दा सिबिले ट्रेइब्लमेयरले प्रहरी चौकी बनाउने निर्णयलाई ‘दुई धारको तरबार’ भएको टिप्पणी गरे। उनका अनुसार यसले चरमपन्थीहरूको जमघट रोक्न सहयोग गर्न सक्छ, तर भवनलाई फरक उद्देश्यका लागि पनि प्रयोग गर्न सकिन्थ्यो। नरसंहार पीडितको प्रतिनिधित्व गर्ने मौथौसेन कमिटी अस्ट्रियाका सदस्य लेखक लुडविग लहरले पनि यो निर्णयलाई ‘समस्यापूर्ण’ भन्दै स्मृति र शान्ति संवादका लागि छुट्टै केन्द्र उपयुक्त हुने बताएका छन्।

यसअघि भवनलाई शान्ति निर्माण र ऐतिहासिक सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने स्थल बनाउने प्रस्तावले समर्थन पाएको थियो। स्थानीय व्यवसायी जस्मिन स्ट्याडलरले हिटलरको जन्मस्थललाई ऐतिहासिक सन्दर्भमा प्रस्तुत गर्नु रोचक हुने धारणा व्यक्त गरे। पुनर्निर्माणमा करिब दुई करोड युरो खर्च भएको विषयमा पनि आलोचना भएको छ।

यद्यपि, केहीले भने यो निर्णयको समर्थन गरेका छन्। स्थानीय इन्जिनियर वोल्फगाङ्ग लेथनरले प्रहरी चौकी बनाइएपछि भवन चरमपन्थीहरूको तीर्थस्थल बन्ने सम्भावना कम हुने विश्वास व्यक्त गरे।

यस घटनाले अस्ट्रियामा नाजी अतीत र नरसंहारको इतिहासलाई कसरी स्मरण गर्ने भन्ने विषयमा पुनः बहस सुरु भएको छ। इतिहासको पीडादायी स्मृतिसँग जोडिएको उक्त घरको नयाँ पहिचानले स्मृति, जिम्मेवारी र भविष्यको दिशाबारे व्यापक छलफल निम्त्याएको छ।