२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

प्रधानमन्त्री कार्कीको निर्देशनः निर्वाचनमा झडप र बहिष्कारकर्ताको चन्दा असुल्ने प्रवृत्तिप्रति सतर्कता अपनाउनूस्

प्रधानमन्त्री कार्कीको निर्देशनः निर्वाचनमा झडप र बहिष्कारकर्ताको चन्दा असुल्ने प्रवृत्तिप्रति सतर्कता अपनाउनूस्
अ अ+ अ-

काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले एक हप्ताभित्र फागु पूर्णिमा (होली) पर्व आउँदै गरेको र हिमाली क्षेत्र खासगरी रुकुम पूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्याहरू देखा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले विभिन्न जिल्लाहरूमा स्थानीय समस्या रहेको उल्लेख गर्दै तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय रहेको र तिनीहरूबीचको प्रतिष्पर्धा झडपको रूपमा बदलिन सक्ने आशंका व्यक्त गर्नुभयो ।

पार्टीहरूबीच झण्डा जलाउने जस्ता घटना पनि रिपोर्ट भएका र जसले निर्वाचनको समयमा तनाव बढाउनसक्ने बताउनु भयो । यस्ता सम्भावित घटनाबाट बच्न पूर्वतयारी आवश्यक रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । निर्वाचन बहिष्कार गर्ने समूहहरूबारे बोल्दै उहाँले यस्ता बहिष्कारकर्ताहरूको प्रभावकारीता कमजोर देखिएको बताउनु भयो ।

उहाँकाअनुसार कतिपयले निर्वाचन बहिष्कारको नाममा पार्टीको अस्तित्व देखाउने र एक्सटर्सन (चन्दा÷पैसा असुली) गर्ने प्रवृत्ति अपनाएका छन् । कसैले व्यापार वा उद्योग गरेको देखाएर पार्टी चलाउने गरेको पनि उल्लेख गर्नुभयो । यद्यपि, यस्ता गतिविधिप्रति तर्क रहनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘फागु पूर्णिमाको दिन समस्या, त्यो पनि एउटा पर्वको समस्या । अनि हिमाली क्षेत्रमा रुकुम पूर्वमा सम्भावित हिमपात यति एउटा महत्वपूर्ण समस्याहरु हुन् । यहाँको भनेर अघि प्रत्यनापतिज्यूले उल्लेख गर्नुभएको छ । त्यसपछि यहाँहरुका पनि आफ्नो ठाउँ ठाउँको जिल्ला जिल्लाको समस्याहरु पनि यहाँ देखियो । यो झडपमा पहाडतिर त देखिएन यो तराई तराई तिर अब हुन्छ नी, दुई तीन वटा पार्टीहरु अलि बढी सक्रिय र उनीहरु प्रभावकारी छन् । त्यो पार्टी बीचमा कसले जित्ने कसले हार्ने त्यो बीचमा केहि केही खेल गर्न खोज्नु र त्यसै झडपको रुपमा परिणत हुनु त्यो त हामीले अब एउटा आशंका गर्ने ठाउँ भयो । नहुन पनि सक्छ हुन पनि सक्छ तर यो कुरालाई तयारी त हुनुप¥यो नी । अब हिजो अस्ती एउटाको पार्टीको अर्कोले झण्डा जलायो भन्ने यस्ता कुरा पनि आएको छ । यस्तो किसिमको आउन सक्छ । तयारी हुनुपर्ने हो। अब निर्वाचन बहिष्कार गर्ने यो निर्वाचन बहिष्कार गर्नेहरुको मलाई कस्तो लाग्यो भने मैले यसरी भन्न मिल्छ की मिल्दैन, मैले अध्ययन गरेअनुसार यसो अहिलेसम्म हेरेअनुसार यो के रहेछ भने देखिन प्रभावकारी छैनन् पार्टीको त्यति एउटा दुई चार पाँच जनाको एउटा समूह छ, त्यो चुनाब लड्न पनि सक्दैन र जनतासँग भिजेको पनि छैन अनि धेरै ठाउँमा सबैलाई त दोष लाउन मिल्दैन कसै कसैले यसो एक्स्टर्सनबाट पैसासैसा पनि उठाउने पार्टीको अस्तित्व पनि देखाउने निर्वाचनमा निर्वाचन लड्दिन भन्दिए पछि पुगि गयो केहि गर्न परेन कुनै फंक्सन पनि गरेन एउटा पार्टी जीवित पनि रही रहन्छ पैसा उठी पनि रहन्छ र यो खालको प्रवृति देखियो । कसैले मैले अनि त्यस्तो पैसा, कसैले मैले यो व्यापार गरेको छु ,यो उद्योग गरेको छु पार्टीबाट भन्यो त्यसैलाई देखाइदियो, त्यो खालको देखिएको छ । तर पनि यसमा शतर्क त हुनुपर्छ ।’

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई उच्च शतर्कता अपनाउन निर्देशन दिनुभयो । –न्युज एजेन्सी नेपाल