२४ असार २०८३, बुधबार
,
Latest
नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजातन्त्र दिवस: एमाले अध्यक्ष ओलीले स्मरण गरेका तीन कुरा के के हुन् ?



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अबसरमा तीन कुरालाई प्राथामिकताका साथ उठान गर्नुभएको छ ।

प्रजातन्त्र दिवसका अबसरमा एक शुभकामना सन्देश जारी गर्दे ओलीले आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराएको जनाउनु भएको छ ।

उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने र आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, हाम्रो समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा गर्ने जिम्मेवारी रहेको उल्लेख गर्नुभएको छ ।

सन्देशमा प्रजातन्त्र दिवस, जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन रहेको बताउनु भएको छ ।

उहाँले प्रजातन्त्रका लागि आफ्नो जीवन अर्पण गर्नुहुने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान प्रकट गर्नुभएको छ ।

सन्देशमा भनिएको छ -आजको ऐतिहासिक दिनबाट प्रेरणा लिँदै हामी सबै जागरूकता पूर्वक अघि बढ्न सकौं । प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।




भर्खरै