१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै



अ+ अ-

सुदूरपश्चिम। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज कैलालीका लागि मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको छ ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका लागि समानुपातिक निर्वाचनतर्फको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फको मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भोलि मङ्गलबारसम्म सबै निर्वाचन क्षेत्रमा मतपत्रसहितको सामग्री पु¥याउने गरी काम धमाधम भइरहेको छ ।” कैलालीको निर्वाचन क्षेत्र–१ मा एक लाख आठ हजार ४९१, क्षेत्र–२ मा एक लाख सात हजार ७५७, क्षेत्र–३ मा एक लाख नौ हजार १२२, क्षेत्र–४ मा एक लाख १५ हजार १४३ र क्षेत्र–५ मा एक लाख १० हजार ५३९ गरी कूल पाँच लाख ५१ हजार ५२ मतदाता छन् ।

निर्वाचनका लागि जम्मा ५१ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्नेमा ३७ प्रकारका सामग्री प्रदेश निर्वाचन कार्यालयबाट र बाँकी १४ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट आपूर्ति गर्ने व्यवस्था गरिएको छ । फागुन ६ गतेदेखि मतदान अधिकृतका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदैछ ।

निर्वाचनको तयारीको क्रममा सोमबारदेखि सुदूरपश्चिम प्रदेशभरिका सबै वडामा ७३४ मतदाता शिक्षा स्वयंसेवी परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । खटिएका मतदाता शिक्षा स्वयंसेवीले विद्यालयका साथै घरदैलो कार्यक्रममार्फत मतदाता शिक्षा दिन थालेका छन् । यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सदूरपश्चिम प्रदेशमा राजनीतिक दलका र स्वतन्त्र गरी २०६ जना चुनावी प्रतिस्पर्धामा छन् । रासस