१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँची सिमेन्टको पनि आइपीओ आउँदै



अ+ अ-

काठमाडौं ।  अर्घाखाँची सिमेन्ट कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने तयारी शुरु गरेको छ । कम्पनीले आगामी माघ ५ गते वार्षिक साधारण सभा बोलाएर यस बारेमा निर्णय गर्न लागेको हो ।

आइपीओ निष्काशनका लागि अधिकृत पुँजी, जारी तथा चुक्ता पुँजी परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न लागेको कम्पनीले जनाएको छ । साधारण सभामा आर्थिक वर्ष २ं०७७–७८ को वार्षिक प्रतिवेदन  र आर्थिक वर्ष २ं०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि राखिएको छ ।  
 
अर्घाखाँची सिमेन्टलाई नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ ग्रेड सिमेन्टको इजाजत प्रदान गरेको छ ।
 
विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणासहित ग्रेडिङ प्रणालीलाई अघि सारेको छ । क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनीमध्येको एक हो ।

हाल नेपाली बजारमा निजी क्षेत्रबाट होङ्सी, शिभम, बृज, अर्घाखाँची, अम्बे जस्ता विभिन्न कम्पनीले सिमेन्ट उत्पादन गरिरहेका छन् । शिभम सिमेन्टले भने यसअघि नै प्रिमियर दरमा आइपिओ निष्काशन गरी स्टक एक्सचेन्जमा आबद्ध भएको छ ।