२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः पाकिस्तानलाई ६१ रनले हराउँदै भारत सुपर ८ मा



अ+ अ-

मुम्बई। भारतले ट्वान्टी-२० विश्वकप २०२६ मा आइतबार पाकिस्तानलाई सजिलै ६१ रनले पराजित गरेको छ।

श्रीलंकाको कोलोम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको हो। भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमा अलआउट भयो ।

पाकिस्तानका लागि उसमान खानले सर्बाधिक ४४ रन बनाए भने शाहिन शाह अफ्रिदीले अविजित २३ रन बनाएका थिए । त्यस्तै शडाब खानले १४ रन बनाए भने फाहिम अशरफले १० रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर हार्दिक पाण्डेय, जसप्रित बुमराह, अक्सर पटेल र वरुण चक्रवर्तीले २-२ विकेट लिएका थिए । त्यस्तै कुलदीप यादव र तिलक बर्माले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । भारतका लागि इशान किशनले सर्बाधिक ७७ रन बनाए भने कप्तान सुर्य कुमार यादवले ३२, तिलक बर्माले २५, शिभम दुवेले २७ र रिंकु सिंहले अविजित ११ रन बनाए । त्यस्तै पाकिस्तानका बलर सैम आयुबले ३ विकेट लिए भने सलमान आघा, शाहिन शाह अफ्रिदी र उस्मान तारिकले एक एक विकेट लिए ।

यो जितपछि भारतले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक हासिल गर्दै सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै पाकिस्तानको भने ३ खेलमा ४ अंक रहेको छ र समुह ए मा तेस्रो स्थानमा झरेको छ ।