२ श्रावण २०८३, शनिबार
,
Latest
जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ सुरु गरेको छ ।

भारतको मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपालले जारी विश्वकपमा समूह चरणको यो तेस्रो खेल खेल्दै छ ।

समूह चरणका खेलमा लगातार दोस्रो हार बेहोरेको नेपाललाई आज जित्नै पर्ने दबाब छ । नेपाल यसअघि इङ्ल्यान्ड र इटालीसँग पराजित भएको थियो ।

वेस्टइन्डिज दुईपटकको बिश्वकप बिजेता टिम हो । वेस्टइन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकपको उपाधि जितेको थियो ।

नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन गरिएको छ । ललित राजवंशीको स्थानमा सोमपाल कामीलाई समेटिएको छ । नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आशिफ शेख, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव र सन्दीप लामिछाने छन् ।

त्यस्तै वेस्ट इन्डिजको प्लेइङ ११ मा शाइ होप, ब्रान्डन किंग, सिम्रोन हेटमायर, रोस्टन चेस, रोभम्यान पावेल, शरफेन रदरफोर्ड, जेसन होल्डर, म्याथ्यु फोर्डे, गुडाकेश मोटी, अकिल होसेन र शमर जोसेफ छन् ।।

भारत पाकिस्तान भिडन्त पनि आजै

यस विश्वकपमा अर्को सर्वाधिक चर्चित खेल भारत र पाकिस्तान बिच आज श्रीलंकाको कोलम्बो स्थित आर प्रेमदासा स्टेडियममा हुँदैछ । भारतसँग खेल्ने कि नखेल्ने भन्ने द्विविधा बिच पाकिस्तानी टिम श्रीलंका पुगेको छ ।

यो म्याच साँझ ७.१५ बजे सुरु हुँदैछ । यी दुबै टिमले दुई दुई म्याच खेलेर चार चार अंक बटुलेका छन् । यहाँ पनि जुन टिमले आजको खेल जित्छ ऊ सुपर ८ मा पुग्नेछ ।

नामिबिया युएसएको खेल

तेस्रो खेल समूह ए कै युएसए र नामिबिया बिच हुनेछ । भारतको चेन्नाईमा हुने यो खेल अपराह्न ३.१५ बजे सुरु हुनेछ । सुपर ८ मा पुग्न युएसएको सम्भावना रहेकाले उसले निकै मिहिनेतका साथ खेल खेल्ने अपेक्षा गरिएको छ ।

यही समूहमा रहेका भारत र पाकिस्तान अविजित रहेकाले युएसएको सम्भावना क्षीण नै मान्न सकिन्छ ।