१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआइसी एसिया बैंकमा राखिएको बम डिस्पोज



अ+ अ-

राजविराज । अज्ञात समूहले सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकको भर्याङमा राखिएको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । मङ्गलबार बिहान राखेको बम कर्मचारीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

बैंकको भर्याङ बम राखिएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको राजविराजस्थित नेपाली सेनाको भिमदल गणको बम डिस्पोजल टोलीले बम निस्कृय पारेको हो ।

प्रमुख सेनानी गुप्तबहादुर कुँवरका अनुसार तर्साउनका लागि राखिएको होब्स बम प्राविधिक टोलीले बैंकभित्रै राखिएको स्थानमा विस्फोट गरेर सफलतापूर्वक निस्कृय पारेका छन् । विस्फोटले केही क्षति भएको छैन।

बम राखिएसँगै मानिसमा त्रास फैलिएको थियो। २ घण्टासम्म बजारमा यातायातसमेत प्रभावित भएको थियो ।