१५ असार २०८३, सोमबार
,
Latest
इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानका सुरक्षा प्रमुख ट्रम्पसँग कतारका शासकद्वारा तनाव न्यूनीकरणबारे छलफल गर्न टेलिफोन वार्ता



अ+ अ-

दोहा। कतारका शासक शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरी क्षेत्रीय तनाव न्यूनीकरणबारे छलफल गर्नुभएको कतारका अमिरको कार्यालयले बुधबार जारी एक विज्ञप्तिमा जानकारी गराएको छ।

अर्को एक विज्ञप्तिमा जनाइएअनुसार उहाँले राष्ट्रपति ट्रम्पसँगको वार्तापछि इरानका उच्च सुरक्षा अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति शेख तमिम बिन हमाद अल थानी र ट्रम्पले यस क्षेत्रको वर्तमान अवस्था र तनाव न्यूनीकरण तथा क्षेत्रीय सुरक्षा तथा शान्तिलाई सुदृढ पार्ने अन्तर्राष्ट्रिय प्रयासमा ध्यान केन्द्रित गर्नुभएको छ।

नेताहरुबीच ‘वार्ता र शान्तिपूर्ण माध्यमबाट सङ्कटको समाधान गर्ने कूटनीतिक प्रयासलाई सहयोग गर्ने’ विषयमा पनि छलफल भएको बताइएको छ ।

शेख तमिमले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारीजानीसँग दोहामा भेटवार्ता गरेको अमिरको कार्यालयले जनाएको छ ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसमेत सहभागी हुनुभएको अमिरसँगको भेटवार्ताबारे जानकारीका लागि जारी विज्ञप्तिमा भनिएको छ, “नेताहरूसँगको भेटमा क्षेत्रीय विकास, तनाव कम गर्न र क्षेत्रीय सुरक्षा बढाउनका लागि गरिएका प्रयासहरूबारे छलफल भएको छ ।”

तेहरानले प्रदर्शनकारीमाथि गरेको घातक दमनपछि अमेरिकी नौसैनिक समूह मध्यपूर्वी जलक्षेत्रमा सरेको छ ।

लारीजानीले मङ्गलबार मस्कटमा ओमानका शासक सुल्तान हैथम बिन तारिकसँग भेटवार्ता गर्नुभएको थियो । (रासस/एएफपी)