१० असार २०८३, बुधबार
,
Latest
विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध रङ्गशाला बनाउन गल्छी गाउँपालिकाले दियो १०० टिपर बालुवा



अ+ अ-

काठमाडौँ । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने भएको छ । समितिले धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाट सङ्कलित रकमबाट चितवनमा निर्माणाधीन रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले उपलब्ध गराएको १०० टिपर वालुवा निःशुल्क ढुवानी गर्न लागेको हो ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र समितिका अध्यक्ष रामकुमार चापागाईँबीच मंगलबार सम्झौतासमेत भएको छ । समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणका लागि टिपर तथा ट्रक व्यवसायीले थोरै भएपनि सहयोग गर्न उक्त निर्णय गरेको जानकारी दिए। पछिल्लो समय खेल मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए ।

रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उनले जानकारी दिए । रङ्गशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा खेल भएका हुन । रङ्गशाला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ । रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ ।