१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिदेखी नेता कार्यकर्ताले यसरी मनाए मकर सङ्क्रान्ति (फोटो फिचर)



अ+ अ-

माघ महीनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर मकर सङ्क्रान्ति मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा मानिसले सनातनदेखि कूल परम्परामा चलेको चलन अनुसार यो पर्व मनाउँछन् ।

मकर सङ्ंक्रान्तिका अवसरमा बुुधबार काठमाडौँको राष्ट्रपति भवन, शीतल निवासमा आयोजित ;बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसँग कलाकार ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको थियो । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । यसैगरी थारु समुदायले नयाँ वर्षका रुपमा माघी नामबाट यो पर्व मनाउँछन् ।

काठमाडौँको टुडीखेलमा नेपाल मगर संघद्वारा बुधवार माघे सङ्क्रान्तिको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन ।

यसैगरी मगर र छन्त्याल जातिका मानिसले पनि आज नयाँ वर्षका रुपमा माघी पर्व मनाएका छन् । थारु समुदायले वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवा लगायत विभिन्न पदको चयन लोकतान्त्रिक विधिबाट आजैदेखि गर्छन् । यो समुदायमा आज गरिएको सहमति अकाट्य हुने मान्यतासमेत छ ।

काठमाडौंको टुडीखेलमा नेपाल मगर संघद्धारा बुधवार माघे संक्रान्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी खानेपानी मन्त्री विना मगर लगायत ।

माघ १ गते स्नानको विधि भने सबै क्षेत्र एवं जातिका मानिसमा समान रुपमा रहेको पाइन्छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

काठमाडौँको टँडिखेलमा बुधबार आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा जातीय भेषभूषामा सजिएका थारू महिला ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । जाडो महीनामा घ्यू, चाकु, तरुल, लड्डु, तिलौरी जस्ता परिकार खाँदा न्यानो हुनुका साथै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यो पर्वलाई मानव स्वास्थ्यसँग समेत जोडेर हेर्ने गरिन्छ ।

काठमाडौँको टँडिखेलमा बुधबार आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा जातीय भेषभूषामा सजिएका थारू महिला ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार काठमाडौँको टँडिखेलमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सव उद्घाटन गर्दै ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार काठमाडौँको टँडिखेलमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सव उद्घाटन गर्दै ।
काठमाडौँको टुँडिखेलमा थारु समुदायद्वारा बुधबार आयोजित थारु राष्ट्रिय माघी महोत्सवको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सहभागी ।
जातीय भेषभूषामा सजिएकी महिला काठमाडौँको टँडिखेलमा बुधबार थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा जातीय भेषभूषामा सजिएकी महिला ।