१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई ग्रुपमा कतारको व्यवसायिक प्रतिनिधिमण्डल, व्यापार र लगानी सहकार्यमा संवाद



अ+ अ-

काठमाडौँ: नेपाल भ्रमणमा रहेका कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैद्लीको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई आज आइएमई ग्रुपमा स्वागत गर्दै नेपाल–कतारबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ।

सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले ग्रुपको समग्र पोर्टफोलियो तथा लगानी विस्तारका विषयमा प्रतिनिधिमण्डललाई विस्तृत जानकारी गराउनुभयो।

अध्यक्ष ढकालले रेमिटेन्स, बैंकिङ, बीमा, सूचना प्रविधि, ऊर्जा, पर्यटन तथा हस्पिटालिटी, उद्योग, व्यापार, अटोमोटिभ, खेलकुद र शिक्षा लगायतका विविध क्षेत्रहरूमा आइएमई ग्रुपले गरिरहेको लगानी विस्तार, उपलब्ध सेवा तथा सहकार्यका अवसरबारे जानकारी दिनुभयो। साथै, नेपालमा लगानी विस्तार गर्दा छिमेकी चीन, भारत र बंगलादेशजस्ता ठूला बजारसम्म सहज पहुँच हुने भएकाले नेपालमा उल्लेखनीय लगानी सम्भावना रहेकोतर्फ पनि उहाँले प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराउनुभयो।

नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डलले सरकार तथा निजी क्षेत्रका विभिन्न निकायहरूसँग दुई देशबीचको आर्थिक सम्बन्ध, बैंकिङ तथा लगानी प्रवर्द्धन, साथै द्विपक्षीय लगानी र सहकार्यका विषयमा छलफल गरिरहेको छ।