२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानी मन्त्रालयको सरकारी मोटर साइकल मरेको मान्छे जस्तै झाडीमा अलपत्र



अ+ अ-

गोरखा । खानेपानी तथा सरसफाइ मन्त्रालयको सरकारी नम्बर प्लेटको मोटरसाइकल लामो सयमदेखि वेवारिसे अवस्थामा फालिएको छ । बा १ व ८२७१ नम्बरको यामाहा कम्पनीको अल्वा मोटरसाइकल गोरखा नगरपालिका–३ होलसिङमा वेवारिसे अवस्थामा फालिएको हो ।

मोटरसाइकल खानेपानी मन्त्रालयमा गाडी चालक नवराज अर्यालले छाडेको स्थानीयको भनाइ छ । मन्त्रालयका अनुसार अर्यालले जागिर छाडेको ६ महिना भइसक्यो । जागिरको सिलसिलामा उनले ल्याएको मोटरसाइकल फिर्ता गर्नुको अलावा गाउँ नजिकैको झाँडीमा अलपत्र छाडेर उनी वेपत्ता छन् ।

‘सरकारी बाइक मरेको मान्छे जस्तै अलपत्र भएर बसेको छ, घर लगेर राखे पनि हुन्थ्यो, यसरी झाडीमा विजोग बनाएर राखेको छ,’ स्थानीय डम्बरबहादुर दमाइले भने । प्रहरीलाई खवर गर्दा पनि फोटो मात्र खिचेर लगेको उनले बताए ।

मन्त्रालयका कर्मचारीलाई सम्पर्क गर्दा उनले मोटरसाइकल कहाँ छ भन्ने थाहा नभएको बताए । ‘नवराज भन्नेलाई हामीले जागिरबाट निकालिसक्यौ, मोटरसाइकल कहाँ लग्यो भन्ने थाहा थिएन, अब थाहा भयो हामी लिन पठाइहाल्छौं,’ उनले भने ।