१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ जना भारतीय प्रहरी बर्दीमै नेपाल छिरेपछि…



अ+ अ-

कैलाली । नौ जना भारतीय प्रहरी बर्दीमै नेपाल प्रवेश गरेका छन् । प्रहरीले बुधबार चिसापानीबाट भारतीय प्रहरीलाई नियन्त्रण लिएको हो ।

प्रहरीले उनिहरुलाई नियन्त्रण लिएपछी आफूहरू भारतको बहराइच जिल्लामा मन्त्री सहभागी हुने कार्यक्रममा खटिएको बताए । मन्त्री सवारी हुन पर्ने कार्यक्रम रद्द भएपछि उनीहरू घुम्ने भन्दै नेपाल प्रवेश गरेका थिए।युपी ३२ डिजेट ४३५४ नम्बरको भारतीय गाडीमा रुपडिया नाका हुँदै नेपाल छिरेका उनीहरू कर्णाली पुल हेर्ने भन्दै बाँके, बर्दिया पार गरेर कैलाली पुगेका थिए।

‘उनीहरूलाई भिजिट नेपाल २०२०को बारे थाहा थियो क्यारे। अनि कर्णाली पुलनजिकै होला भनेर छिरेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले भने,‘सोधपुछ गरेर हिजो नै फिर्ता पठाइ सकिएको छ।’

कर्णाली पुल नेपालगन्जबाट करिब ९६ किलोमिटर टाढा छ। त्यहाँ पुग्न बर्दिया राष्ट्रिय निकुञ्जमा ४ ठाउँमा नेपाली सेनाले टाइम कार्ड दिन्छ। डिएसपी बस्नेतका अनुसार उनीहरूले आफ्ना हतियारहरु नाकामा छाडेर आएको बताएका थिए।