१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलोकाँचो व्यवहारका कारण देश ठूलो दुर्घटनातर्फ जानसक्छ : राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी नभए देश जेन–जी आन्दोलनको भन्दा ठूलो दुर्घटनामा फस्ने चेतावनी दिनुभएको छ ।

आईतवार काठमाडौंका पार्टीका उम्मेदवारहरुको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सो चेतावनी दिनुभएको हो । अध्यक्ष लिङदेनले देशलाई दुर्र्घटनामा फस्न नदिन पनि आम मतदाताले राप्रपालाई विजयी गराउनै पर्ने जिकिर गर्नुभयो ।

उहाँले राप्रपाले कुनै धम्की दिने पक्षमा नरहेको उल्लेख गर्दै देशलाई बचाउनका लागि निर्वाचनमा विजयी गराउनुपर्ने बताउनु भयो । राप्रपाले देशलाई दुर्घटनाबाट बचाउनका लागि निर्वाचनलाई उपयोग गर्ने नीति लिएको अध्यक्ष लिङदेनको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अहिले देश बनाउने भन्दा पनि बचाउने कुरामा हाम्रो ध्यान जानुपर्ने बेला भएको छ । तपाई कल्पना गर्नुस् त, सिंहदरवार जलाउने उक्साउनेहरु र सिंहदरबार जल्दाखेरी यसलाई जोगाउन नसक्नेहरु अहिले कुन प्रकारको अतिवादको कुरा गरिरहेका छन । उनीहरुको व्यवहार उनीहरुको आचरण अहिले कुन ढंगले अतिवादतर्फ उन्मुख भइरहेको छ ? यदि आउने चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीजस्तो शक्ति कमजोर हुने र संसदमा यसको कमजोर रुपमा उपस्थिति हुने र अतिवादीहरुको मात्रै उपस्थिति भएको संसद कस्तो हुन्छ होला । त्यसकारण देश बचाउनका लागि, राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो सुस्पष्ट विचार भएको नेपाली माटोमा उत्पन्न भएको र विकसित भएको राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले नेपाली जनताले बलियो शक्तिको रुपमा संसद पठाउन जरुरी छ । र, म अपिल पनि गर्न चाहन्छु–कि हामीले सबैले यो चुनावलाई हाम्रा उम्मेदवारदेखि नेता, कार्यकर्ता सबैले सामान्य चुनाव नठानेर यो राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्दालाई स्थापित गर्ने र देशलाई दुर्घटनामा जानबाट रोक्ने एउटा प्रजातान्त्रिक माध्यमको रुपमा यसलाई उपयोग गर्न म अपिल गर्दछु । होइन राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो पार्टी कमजोर बन्ने हो । र, संसदमा यसको उपस्थिति कमजोर बन्ने हो भने मैले यत्रो सञ्चार मध्यामको अगाडि भनेको छु–राष्ट्रिय प्रजातन्त्र पार्टीले भोली कुने विध्वंश गर्छ, विद्रोह गर्छ । देशमा दुर्घटना हुन्छ भनेर धम्की लगाएको होइन । तर राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो उपस्थिति त्यहाँ कमजोर भयो भने निकट भविष्यमै यिनीहरुकै अकर्मण्यताका कारण आलोकाँचो व्यवहारका कारण देश अस्तीको भन्दा ठूलो दुर्घटनातर्फ जाने सुनिश्चित छ । देशलाई थप दुर्घटनामा जान नदिन पनि राप्रपालाई मतदाताले जिताउन जरुरी छ ।’

अध्यक्ष लिङदेनले फेसबुकलगायतका सामाजिक सञ्जाललाई हेरेर मतदान गर्न नहुने समेत बताउनु भयो ।