३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी सरकारको ‘निप्पन ब्याड्मिन्टन संघ’द्वारा नेपाल ब्याड्मिन्टन संघलाई खेल समाग्री उपलब्ध



अ+ अ-

काठमाडौं । जापानी सरकारको ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रमअन्तर्गत बुधबार निप्पन ब्याड्मिन्टन संघले नेपाल ब्याड्मिन्टन संघलाई खेल समाग्री उपलब्ध गराएको छ । जापानी राजदुतावासमा एक कार्यक्रमबीच जापानका परराष्ट्र मन्त्रालयका उपमन्त्री नोरिहिरो नाकायामाले बुधबार नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई ब्याड्मिन्टन र्याकेट उपलब्ध गराए।

स्पोर्ट्स फर टुमरो, टोकियो ओलम्पिक्स र पारालम्पिक्स २०२० को प्रवद्र्धन परियोजना हो । यसअन्तर्गत जापान सरकारले सन् २०२० मा टोकियो ओलम्पिक सुरु हुँदा सम्म एक करोडभन्दा बढीलाई खेलमार्फत सहयोग गर्ने लक्ष्य लिएको छ । निप्पन ब्याड्मिन्टन संघले ८० ब्याड्मिन्टन र्याकेट प्रदान गरी नेपालको ब्याड्मिन्टनलाई सहयोग गरेको हो ।

सो अवसरमा नेपालका लागि जापानका राजदुत मासामिची साइगोले नेपाली ब्याड्मिन्टनलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । यसैगरी नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष श्रेष्ठले जापानले नेपालका ब्याड्मिन्टन खेलाडीलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिए ।