४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा प्राचीन नेपाली सभ्यता र वेदको मर्मबाट निर्देशित भएको बताउनुभएको छ ।

धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल ५ हजार वर्ष पुरानो गौरवशाली इतिहास भएको देश भएको र यहाँको ज्ञान–विज्ञानको परम्परा विश्वकै अग्रणी रहेको दाबी गर्नुभएको हो ।

उहाँले ‘सर्वे भवन्तु सुखिनः’ भन्ने मन्त्रलाई नै आधुनिक युगमा समृद्धिको आधार बनाइएको उल्लेख गर्नुभयो । सम्बोधनका क्रममा ओलीले ‘हिन्दु राष्ट्र’ र ‘सनातन धर्म’ बीचको भिन्नता प्रस्ट्याउँदै सनातनलाई नेपालको मूल सभ्यता र पहिचानका रूपमा व्याख्या गर्नुभयो ।  ‘हिन्दु राष्ट्र’ भन्ने शब्द पछिल्ला केही शताब्दीमा मात्र प्रयोगमा आएको भन्दै उहाँले सनातन परम्परा सबै धर्म मान्ने नेपालीहरूको साझा सम्पती भएको धारणा राख्नुभयो । ओलीले चिकित्सा विज्ञान (सर्जरी) को शुरुवात नेपालकै भूमिबाट भएको बताउँदै ऋषि विश्वामित्र र सुश्रुतको योगदानको चर्चा गर्नुभयो । उहाँले नेपाललाई ‘देवभूमि’, ‘तपोभूमि’ र ‘ज्ञानभूमि’ को संज्ञा दिँदै हराउँदै गएको नेपालको गौरव पुनस्र्थापित गर्ने आफ्नो संकल्प रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो भूमिमा आज, यो भूमि कस्तो भूमि हो, यहाँका पुर्खा के सोच्थे भने अघि गुरुले एउटा मन्त्र भन्नुभयो,सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत् । सबै सुखी हुन्, सबै मान्छे सुखी हुन् कसैले पनि दुःख नपाओस्, कोही पनि कुनै आपतमा नपरोस्, डर त्रासको वातावरण नहोस्, सर्वत्र शान्ति होस् । अघि म आइपुग्दै गर्दा टिका लगाइदिँदै गर्दा स्वस्ति वाचन गर्नुभयो गुरुले शान्तिको कामना गर्नुभयो । स्वस्तिलाई उहाँले संक्षिप्तमा टुङ्ग्याउनुभयो नत्र भने आकाश शान्ति, पृथ्वी शान्ति, जल शान्ति, वनस्पतयः शान्ति, सबै कुरामा शान्ति हुनु पर्दछ, आकाशमा जलमा पृथ्वीमा हावामा पानीमा वनस्पतिमा प्राणीहरूमा सर्वत्र शान्ति हुनु पर्दछ भन्ने उहाँले मन्त्र सुनाउँदै हुनुहुन्थ्यो ।’

‘हाम्रा पुर्खाहरू त्यस्तो कामना गर्ने र सर्वे भवन्तु सुखिनः सबै सुखी होऊन्, कोही पनि डर भय त्रास भएका अवस्थामा बाँच्न नपाओस्, कसैलाई कुनै प्रकारको पनि दुःख कष्ट भन्ने नआओस् । अहिले आएर मैले नेपाल कस्तो हुनुपर्छ भनेर पनि समृद्ध नेपाल अथवा हाम्रो देश धनी हुनुपर्दछ समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भनेर समृद्ध नेपाल र सुखी नेपाली भन्ने भनेको छु, यो कुरा हाम्रा वेदहरूले भनेको कुरा हो । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु दुःख कसैलाई पनि नपरोस् भन्ने त्यो भाव सबैमा आओस् भन्ने त्यो पुरानो हाम्रो मन्त्र नै हो। यसरी यो देशलाई फेरि हामीले बिचमा हामी सबभन्दा अगाडि थियौँ विश्वमा ज्ञान सृष्टि यो अनेक रचना यी सबै गर्ने हाम्रा पूर्वजहरू थिए । शास्त्र बनाउने हाम्रा पूर्वज थिए, पहिलो सर्जन यहीँ धर्तीका थि ए। त्रेतामा विश्वामित्र ऋषि विश्वामित्रका छोरा ऋषि सुश्रुत पहिलो सर्जन थिए विश्वकै। पहिलो सर्जरी गर्ने उनी नै थिए। ऋषि विश्वामित्रले नै मन्त्रहरूको पनि मन्त्र गायत्री मन्त्र बनाएका थिए कौशिका ऋषि, कौशिक र विश्वामित्र भनेका एउटै ऋषि हुन् उनले बनाएका थिए ।’

कार्यक्रममा उम्मेदवारको हैसियतमा सहभागी भएका ओलीले निर्वाचन आचारसंहिताप्रति सचेत रहेको र आफू चुनाव प्रचारका लागि नभई देश बनाउने संकल्प दोहो¥याउन आएको स्पष्ट पार्नुभयो । उहाँले आचारसंहिताका कारण आफूले चाहेर पनि पुराणमा दान गर्न नमिल्ने बाध्यता सुनाउनु भयो ।