१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्षका सामग्रीले अन्तराष्ट्रिय बजार जमाउँदै



अ+ अ-

चिप्लेढुङ्गा । भ्रमण वर्ष सफल बनाउन देश विदेशमा विभिन्न प्रचारात्मक अभियान शुरु भएका छन् । २० लाख पर्यटक भित्र्याउने योजनासहित थालिएको यस अभियानलाई निजी क्षेत्रले पनि साथ दिँदै प्रचारात्मक अभियानमा जुटेका छन् । अहिले भ्रमण वर्षको लोगो अङ्कित स्वेटर, गलबन्दी, झोला, टोपीले आन्तरिक तथा बाह्य बजार जमाउन सुरुआत गरेका छन् । ती आकर्षक सामग्रीको माग निकै बढिरहेको छ ।

बुटवलको तिलोत्तमा नगरपालिका रुपन्देहीमा स्थापना भएको लिडास फेसन निटवेयर प्रालिले भ्रमण वर्ष प्रचारसँगै व्यावसायिक सिर्जनात्मक शुरुआत गरेको छ । सो प्रालीले भिजिट नेपाल २०२० पोखरा र गण्डकी प्रदेशको लोगो अङ्कित स्वेटर र गलबन्दी, टोपी र झोला बजारमा ल्याएको छ । कम्पनीका प्रबन्ध निर्देशक इन्द्र खड्का १५ वर्ष विदेश बसेर फर्केर स्वदेशी उत्पादनमा सिर्जनात्मक कार्यमा लागेका हुन् । पोखरामा महानगरपालिका–५ सामाजिक अभियन्ता अञ्जु क्षेत्रीसहित पाँच जनाले रु सात करोड लगानीमा स्थापित सो उद्योगमा ७० ले रोजगारी पाएका छन् ।

बजार व्यवस्थापनको जिम्मेवारीसमेत सम्हाल्नुभएकी क्षेत्रीले मूलुक समृद्धिका लागि विदेशी उत्पादन होइन स्वदेशी उत्पादनबाट सम्भव हुने भएकाले व्यवसायमा लागेको जानकारी दिए । “म राजनीति गर्छु, सामाजिक अभियन्ता पनि हुँ तर म उद्यम व्यवसाय बिना मेरो कामले सामाजिक उत्तरदायित्व पूरा गर्न सक्दैन । अब केही न केही इलमबाट अगाडि बढ्नुपर्छ भन्ने सोचेर व्यवसायमा लगानी गरेकी हुँ ।”

उनले अहिले देश विदेशबाट स्वेटर, टोपी, गलबन्दी, झोलाको माग बढिरहेको उत्पादनलाई अमेरिका, स्वीट्जरल्याण्ड, बेलायत, अष्टे«लियामा पनि पुर्याइ सकिएको जानकारी दिए । उनले विदेशी पर्यटकलाई नेपालको कोशेलीका रुपमा दिनसमेत यसको प्रयोग गरिएको र यसले भ्रमण वर्षको प्रचारलाई समेत सहयोग पुर्याउने विश्वास व्यक्त गरे।