१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा-५ मा रास्वपाको सम्पर्क कार्यालय तोडफोड



अ+ अ-

विराटनगर । झापा-५ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालय तोडफोड भएको छ ।

कमल गाउँपालिका-२ स्थित जयप्रकाश अधिकारीको घरमा रहेको कार्यालयमा मध्यरातमा ढुङ्गा प्रहार भएको हो ।

झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार ढुंगाले लागेर झ्यालको सिसा फुटेको छ ।  रास्वपाको  कार्यालयमा भने क्षती नभएको उनले बताए ।

प्रहरीको अनुसार घरमा ढुंगा हानिएको विषयमा अनुसन्धान अघि बढाईएको छ ।

झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहको उम्मेदवारी दिएका छन् ।