६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लुम्बिनी विकासका लागि अब सरकार ‘एक्सन’मा जान्छ: पर्यटनमन्त्री भट्टराई

लुम्बिनी विकासका लागि अब सरकार ‘एक्सन’मा जान्छ: पर्यटनमन्त्री भट्टराई
अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनी विकासका लागि अब सरकार ‘एक्सन’मा जाने बताएका छन् । कोषको विकासका लागि यसअघि धेरै छलफल भएको उल्लेख गर्दै मन्त्री भट्टराईले आजसम्म भएका छलफलमा आएका सुझाव र बनाइएका योजनालाई केन्द्रमा राखेर मन्त्रालयले तत्काल काम सुरु गर्ने बताए । लुम्बिनी विकास कोषको आयोजनामा आज मन्त्रालयमा भएको ‘बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ति नगरको कार्यान्वयन’ विषयक कार्यक्रममा मन्त्री भट्टराईले लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेको भन्दै यसको विकास सरकारको प्राथमिकतामा रहेको बताए ।

मन्त्री भट्टराईले मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर बृहत्तर लुम्बिनीका रूपमा विकास गरिने बताए । लुम्बिनीको विकासका निम्ति अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने उनको भनाइ थियो । मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीको विकास गर्दा बहुसांस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गरिने पनि बताए ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले लुम्बिनीको विकासका निम्ति विज्ञ, सरोकारवाला निकाय सबैसँग समन्वय गरिने बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, योजनाविद् डा. महेन्द्र सुब्बा र इञ्जिनियरिङ संस्थान पुल्चोकका सहप्राध्यापक डा. सञ्जय उप्रेतीले बृहत्तर लुम्बिनीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारी, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल, पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवाली, विश्व वन्यजन्तु कोषका राष्ट्रिय निर्देशक डा. घनश्याम गुरुङ, लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्राध्यापक डा. हृदयरत्न राज्य ब्रजाचार्य, वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य, अम्बिका श्रेष्ठलगायतले सुझाव दिएका थिए । सौर्य दैनिकबाट