१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनको विश्व सम्मेलन र निर्वाचन छुट्टा छुट्टै बर्ष गरिने



अ+ अ-

एनआरएनका पदाधिकारीको निर्वाचन र विश्व सम्मेलन छुट्टा छुट्टै बर्ष गर्ने निर्णय पोखरा बैठकले गरेको छ । यसअघि गैरआवासीय नेपाली संघ, नेपाल सरकार र उधोग बाणिज्य महासंघले हरेक दुई वर्षमा काठमाडौमा एनआरएन विश्व सम्मेलन गर्दै आएपनि यस वर्ष भने २०२१ अक्टोबरमा संघको निर्वाचन हुने र निर्वाचनको समयमा विश्व सम्मेलन भएको हो । विश्व सम्मेलन निर्वाचन नभएको वर्ष गरिने बताईएको छ। यसअघि विश्व सम्मेलनसँगै गैरआवासीय नेपाली संघका पदाधिकारीहरुको पनि निर्वाचन हुने गरेको थियो जसकारण विश्व सम्मेलन प्रभावकारी हुन सकेको थिएन।

प्रधानमन्त्री, राष्ट्रपती, परराष्ट्रमन्त्री लगायत नेपाल सरकारका महत्वपूर्ण आोहदाका व्यक्तीहरुको उपस्थितिले गर्दा पुरै राष्ट्रिय मेडिया र राजनैतिक दलहरुको ध्यानाकर्षण विश्व सम्मेलन र निर्वाचन हुने गरेको थियो । यसले निर्वाचनलाई बाहिरी प्रभाव पार्दै आएको थियो । त्यसकारण अबको दिनमा विश्व सम्मेलन र निर्वाचन छुट्टाछुट्टै समयमा हुने जानकारी एनआरएनका महासचिव हेमराज शर्माले लिएका छन् । सुरक्षाका कारणले विश्व सम्मेलन र साथै हुने संघको निर्वाचन ५ तारे होटलमा गर्दै आउदा होटलमा लाग्ने खाना खर्च र अन्य लजिष्टिकका लागी प्रत्यक प्रतिनिधीले २०० अमेरिकी डलर बराबरको दर्ता शुल्क तिर्नु पर्थ्यो ।

दर्ता शुल्कका कारणले थुप्रै विकृतिहरु पनि ल्याएको महासचिव शर्मा बताउछन् । महासचिव शर्माले भने, ‘संघको यो निर्णयले निर्वाचनलाई कम खर्चिलो र निशुल्क दर्ताको बाटो खोलेको छ । निर्वाचन अब ५ तारे होटलमा नगरेर राष्ट्रिय दलका निर्वाचनमा जस्तै भृकुटी मण्डबमा पाल टागेर, पाउरोटी र समौसा आएर शुन्यदर्ता शुल्कमा चुनाब गर्न सकिन्छ । बाहिर प्रभावबाट कम गर्न काठमाडौ बाहिर पनि चुनाव गर्न सकिन्छ यदि अहिलेको निर्वाचन प्रद्दती कायम रह्यो भने।’