१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खतरनाक हिटर: निस्सासिएर आठ भारतीय पर्यटकको मृत्यु



अ+ अ-

हेटौंडा । नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाल घुम्न आएका आठ जना भारतीय नागरिकको निस्सासिएर मृत्यु भएको छ । काठमाडौं, पोखरालगायतका स्थान घुमेपछि मकवानपुरको सिमभञ्ज्याङ, दामन, पालुङलगायतका पर्यटकीय स्थल घुम्ने क्रममा भारत केरलाका एकै परिवारका सदस्य र आफन्तसहित आठ जनाले ज्यान गुमाएका छन् ।
प्रारम्भिक अनुसन्धानमा पर्यटककै असावधानीका कारण दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।

होटलको कोठामा हिटर प्रयोग गर्दा गुम्सिएर ज्यान गएको प्रारम्भिक अध्ययनले देखाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता ललनप्रसाद कुर्मीले जानकारी दिए । इलेक्ट्रिक ओछ्यान हुँदाहुँदै पर्यटकले तातो भएन भन्दै हिटर मागेपछि होटलले दिएको अनुसन्धानमा देखिन आएको उनले बताए । सबै झ्याल ढोका बन्द गरेर हिटर प्रयोग गर्दा ज्यान गएको अनुमान प्रहरीको रहेको छ । राति अबेरसम्म रमाइलो गरेका उनीहरूमध्ये एउटै कोठामा आठ जना सुतेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ९ बजेसम्म नउठेपछि सँगै गएका साथीहरूले कोठा फोरेर उनीहरूलाई बेहोस अवस्थामा निकालेका थिए । उनीहरूको टोलीमा १५ जना थिए । सबै बेहोस अवस्थामा फेला पारेपछि होटल व्यवस्थापनले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि होटल व्यवस्थापन, प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा हेलिकोप्टर मगाएर उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृत्यु भएका ८ जनामध्ये ४ जना बालबालिका रहेका छन् ।

मृत्यु हुनेमा भारत केरला बस्ने ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, पाँच वर्षीया अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव र ९ वर्षीया बन्द्रा कप रहेका छन् ।
उनीहरू बा३क ३६८८ नम्बरको बस भाडामा लिएर नेपालका विभिन्न स्थान घुम्दै दामन आएको प्रहरीले जनाएको छ । होटलमा चारवटा रुम बुक गरे पनि सात जना दुईवटा रुममा र उनीहरू आठ जना एउटै रुममा सुतेको प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट