१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा दुई समुहबीच झडप, एकको मृत्यु, एक गम्भिर घाईते



अ+ अ-

धादिङ । धादिङको खनियावास गाउँपालिका ४ दार्खा घाम्सामा दुई समुहबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार राती दुई समुहबीच झडप हुँदा स्थानीय शान्त तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दार्खामा स्थानीय गुराँस युवा क्लबले फुटबल आयोजनाको बुधबार फाइनल खेल तय भएको थियो । उक्त फुट‍बल खेलका खेलाडी र रेफ्रिबीच झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङमा प्रमुख रविन्द्र रेग्मीका अनुसार दुई समुहबीचको पुरानो आपसी विवादको कारण झडप भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाए पनि घटनाको विस्तृत अध्ययन भइरहेको छ । घटना भएको थाहा पाउने वित्तिकै प्रहरी प्रमुख रेग्मीसहितको टोली राती नै घटनास्थलतर्फ गएको थियो ।

झडपको क्रममा प्रेसर कुकर, फलामे ढुङग्रो र रडलगायतका वस्तु प्रहार गर्दा तामाङको घटनास्थलमै मृत्यु भएको थियो भने झडपमा परी गम्भीर घाइते भएका रविन तामाङलाइ जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पछि बुधबार दिउँसो १ बजे काठमाडौं पठाइएको हो ।

उनको काठमाडौंस्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।झडपमा संलग्न भएको आशंकामा प्रहरीले नेत्रावती डापजोङ गाउँपालिका १ का राम तामाङ र रोशन तामाङलाई नियन्त्रणमा लिएको छ।