१० असार २०८३, बुधबार
,
Latest
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सापकोटाविरूद्ध माइतीघर मण्डलमा नागरिक खबरदारी



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि उम्मेदवारी दिएका सापकोटाविरूद्ध प्रदर्शन गरिएको हो ।

हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ भन्दै नागरिक खबरदारी गरेका हुन् । सापकोटालाई काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेको छ । सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ।

उनीमाथि २०६२ सालमा तात्कालिन माओवादीले अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ। अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा काभ्रे बुढाखानीमा फेलापरेको थियो।

द्वन्द्वपीडित र नागरिक समाजले व्यक्ति हत्याका आरोपीलाई सभामुख नबनाउन आग्रह गर्दै द्वन्द्वपीडितलाई अपमानित नगर्न पनि उनीहरूले माग गरेका छन्।