१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक सार्वजनिक, साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने



अ+ अ-

काठमाडौं । सरकारले बिजुली बस किन्नका लागि साझा यातायात सहकारीलाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ ।

बिहीबार मन्त्रिपरिषद्को बैंठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले तोकिएको समयमा साझाले बस खरिद गर्न नसकेकाले उक्त रकम ब्याज सहित फिर्ता लिने निर्णय भएको बताउनुभयो । मन्त्रिपरिषद्को २०७६ असार २४ र २९ गतेको बैठकले साझा यातायात सहकारी लिमिटेडलाई ३ सय वटा नयाँ विद्युतीय बस खरिद गरी सञ्चालन गर्नका लागि सरकारबाट शेयर लगानीबाफत ३ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । मन्त्री बाँस्कोटाले २०७५ पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ विद्युतिय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको र सरकारका तर्फबाट अर्थमन्त्रालयले ३ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय समेत भएको बताउनुभयो ।

मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको २०७६ माघ १२ गतेदेखि लागू हुनेगरी राजीनामा स्वीकृत गर्ने र सञ्चालक सदस्य पदमा मन्त्रालयका सचिवलाई तोक्ने निर्णय समेत गरेको छ । त्यस्तै सरकारले तिब्बतमा बस्दै आएका नागरिकता विहीन हस्तलिखित राहदानीबाहक नेपालीहरुलाई राहदानी जारी गर्न स्वीकृति दिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा डडेल्धुराका गणेशदत्त भट्ट, सदस्यमा प्रचण्डराज प्रधान, डा. गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेललाई नियुक्त गरेको छ भने बेपत्ता पारिएको व्यक्तिको छानविन आयोगको अध्यक्षमा भोजपुरका युवराज सुवेदी र सदस्यमा विश्वप्रकाश भण्डारी, गंगाधार अधिकारी, सुनिल रञ्जना सिंह, र सरिता थापालाई नियुक्त गरेको छ ।