३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमा कुङफुको रेफ्री सेमिनार



अ+ अ-

नेपाल उमा कुङफु संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार जोरपाटीस्थित शेर्पा प्यालेसमा सम्पन्न भएको छ । काठमाडौंमा फागुनमा हुने पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगितालाई मध्यनजर गरी सञ्चालन गरिएको सेमिनारमा १५ रेफ्रीको सहभागिता रहेको उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जनाएका छन् ।

सहभागीहरुमा श्याम डंगोल, कुसुम तामाङ, डोमा तामाङ, रवि महर्जन, सञ्जयराज पुटुवार, मओज विन्दुकार, कमल मगर, प्रदीप राउत, प्रतिमा राउत, सरिना घले, रिनामाया तामाङ, अभिशेष श्रेष्ठ, रविन श्रेष्ठ, पासाङ तामाङ र जीवन गुरुङ रहेका छन् ।

सहभागीलाई उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक लामाले व्यवहारिक र पूर्व अध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगरले सैद्धान्तिक ज्ञान बारे जानकारी गराएका थिए । सहभागीलाई उमा कुङफु संघका उपाध्यक्ष सन्जितकुमार राई, महासचिव भुपेन्द्र गुरुङ, सचिव रमेश महर्जन र सदस्य अशोक केसीले प्रमाण पत्र वितरण गरे ।