३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

वज्र फाइटमा डेनिका



अ+ अ-

थाइ बक्स सुकेधाराकी डेनिका राई वज्र फाइटको महिला ५१ केजीमा शनिबार विजेता बनेकी छिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतिस्पर्धामा डेनिकाले के कु कान करातेकी अञ्जना ढुंगेललाई पराजित गरिन् । नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा केन्द्रीय डोजोका महेश भुजेलले सुकेधारा थाइ बक्सिङका सन्दिप तामाङ, ६१ केजीमा के कु कान करातेका भुपेन्द्र विसीले केन्द्रीय डोजोका ओमप्रकाश शाही र ७५ केजीमा रेज फिटनेसका सन्तोष खत्रीले थाइ बक्स सुकेधाराका फुर्डेनी शेर्पालाई हराउदै पहिलो भए ।

पुरुष ६८ केजीमा तीन समूहमा प्रतिस्पर्धा भएको थियो । त्यसमा रेजका ज्ञानदीप मल्ल, नक्साल बक्सिङ क्लबका मौसम राना मगर र के कु कान करातेका सन्तोष कालीराज विजेता बने । ज्ञानदीपले थाइ बक्सका सुनील गुरुङ, मौसमले आईएफकेकेका निरन देउला र सन्तोषले थाइ बक्सका छिरिङ तामालाई पाखा लगाए ।

विजेता र उपविजेता सबैलाई गरी कुल १ लाख नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल तथा आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले पुरस्कार वितरण गरे ।