२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तराष्ट्रिय हाप्कीडो सेमिनार सुरु



अ+ अ-

नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनको आयोजनामा पोखरामा प्रथम अन्तराष्ट्रिय हाप्कीडोे सेमिनार सुरु भएको छ । शनीबार कास्कीको पोेखरा रंगशालामा अवस्थित कभर्डहलमा सेमिनारको प्रमुख अतिथी गण्डकी प्रदेशकी सामाजीक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन् । सो अवसरमा विशिष्ट ग्रान्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका हेडमास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरो पनि उद्घाटन समारोहमा उपस्थित थिए । यी चार जनासंगै सिनीयर मास्टर नेपालका काली बहादुर घर्ती मगरले प्रशिक्षण दिने छन् ।

समारोहमा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, नेपाल मार्सल आर्ट्स हाप्कीडो संघका सल्लाहकार नविन रोका मगर, संघका गण्डकी प्रदेश कमिटीका अध्यक्ष एमवी आस्था र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ लगायतले सेमिनारको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा परिष्दका पूर्व सदस्य नारायण पौडेल, सेनाका पश्चिम पृतना हेड क्वार्टरका पृतनापती मेजर जनरल गोकुल भण्डारी, गण्डकी प्रदेशका प्र्हरी प्रमुख प्रहरी नायव महानिरिक्षक विनोद शर्मा घिमिरे, सशस्त्र प्रहरी बल मुक्तीनाथ बाहीनीका बाहीनीपती सशस्त्र प्रहरी नायव महानिरिक्षक कविन्द्र मान श्रेष्ठ, सुरक्षा अधिकारी र खेल व्यक्तित्वको उपस्थिती थियो ।

उद्घाटन समारोहमा प्रमुख अतिथी पुनले गण्डकी प्रदेशमा यस स्तरको अन्तराष्ट्रिय सेमिनार आयोजना हुनु प्रदेशका लागि समेत गर्वको विषय भएको बताइन् । ग्रान्डमास्टर लीले नेपाली हाप्कीडोको विकास र विस्तारका लागि आफ्नो सधै सहयोग रहने वताए । आयोजक कमिटीका अध्यक्ष काली बहादुर घर्ती मगरले सवैको सहयोगले नेपाली हाप्कीडोले एक पछि अर्को फड्को मार्दै गएका कारण आगामी दिनमा अझ माथिल्लो फड्को मार्ने विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा कास्की, भक्तपुर, बौद्ध, काठमाडौं मुलपानी र नेपाल आर्मीका हाप्कीडो खेलाडीले मार्सल आर्ट्स तथा सेल्फ डिफेन्स सम्बन्धी डेमोस्ट्रेसन गरेका थिए । कार्यक्रम शैल्ताज कुवँरले सञ्चालन गरेकी थिइन् । सो सेमिनारमा ६ सय खेलाडीको सहभागिता रहेको छ । यस सेमिनार नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक तुल्याउन पनि महत्वपूर्ण हुने विश्वास लीएको आयोजक कमिटीले जनाएको छ ।