१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयरले चलाएको गाडी रतुवा खोलामा दुर्घटना



अ+ अ-

झापा । झापाको शिवसताक्षी नगरपालिकाका मेयरले चलाएको गाडी दुर्घटना भएको छ । मेयर चन्द्रकुमार शेर्माले चलाएको गाडी आइतबार दिउँसो दमकनजिकै रतुवा खोला पुलमा दुर्घटनामा परेको हो।

मे१झ १५२ नम्बरको नगरपालिकाको उक्त गाडी विपरीत दिशाबाट आएको टिपरसँग ठक्कर खाएपछि गाडी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

मेयर शर्मा सकुशल छन्। मेयरका भतिजासमेत रहेका गाडी चालक कर्ण राईका अनुसार शेर्मा औषधी किन्न दमक जाँदै गर्दा गाडी दुर्घटनामा परेको हो। गाडीमा मेयर शर्मा मात्रै थिए।

‘मेयरसाव घरबाट गाडी लिएर औषधी किन्न दमक जाँदै हुनुहुन्थ्यो,’ उनले सेतोपाटीसँग भने, ‘१०/१५ मिनेट नहुँदै रतुवा पुलमा टिपरले हानेर भागे छ। धन्न उहाँलाई केही भएन। गाडीमा भने क्षति छ।’