१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयरले चलाएको गाडी रतुवा खोलामा दुर्घटना



अ+ अ-

झापा । झापाको शिवसताक्षी नगरपालिकाका मेयरले चलाएको गाडी दुर्घटना भएको छ । मेयर चन्द्रकुमार शेर्माले चलाएको गाडी आइतबार दिउँसो दमकनजिकै रतुवा खोला पुलमा दुर्घटनामा परेको हो।

मे१झ १५२ नम्बरको नगरपालिकाको उक्त गाडी विपरीत दिशाबाट आएको टिपरसँग ठक्कर खाएपछि गाडी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

मेयर शर्मा सकुशल छन्। मेयरका भतिजासमेत रहेका गाडी चालक कर्ण राईका अनुसार शेर्मा औषधी किन्न दमक जाँदै गर्दा गाडी दुर्घटनामा परेको हो। गाडीमा मेयर शर्मा मात्रै थिए।

‘मेयरसाव घरबाट गाडी लिएर औषधी किन्न दमक जाँदै हुनुहुन्थ्यो,’ उनले सेतोपाटीसँग भने, ‘१०/१५ मिनेट नहुँदै रतुवा पुलमा टिपरले हानेर भागे छ। धन्न उहाँलाई केही भएन। गाडीमा भने क्षति छ।’