काठमाडौं । पाँचौं ओप्स खेलकुद सप्ताहअन्तर्गत ब्वाइज फुटबलमा आइतबार क्वाटरफाइनल समीकरण तयार भएको छ ।
क्वाटरफाइनल मनासलु र चिल्ड्रन हेराल्ड एकेडेमी (सीएचए), प्रगति र सेक्रेड हर्ट, विभूति र मस्र्याङदी तथा हिमरश्मी र श्रृजना ज्ञान सागरबीच हुने छ ।
आइतबार ६ खेल सम्पन्न भए । त्यसमा ४ खेल बराबरीमा सम्पन्न भयो । मनासलु र सेक्रेड हर्ट तथा श्रृजना ज्ञान सागर र पुष्पकुञ्जले गोलरहित बराबरी खेले । त्यस्तै सेब र कौशल तथा प्रगति र सीएचएबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो । बाँकी खेलमा मस्र्याङ्दीले हिमरश्मीलाई २–१ गोलले पराजित ग¥यो भने एन्जल्स हर्टले फेरील्यान्डबाट वाक ओभर पायो ।