१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतल निवासअगाडि प्रदर्शन गर्ने १२ मानवअधिकारवादी पक्राउ



अ+ अ-

काठमाडौं । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । सभामुखमा अग्नि सापकोटा निर्वाचित भएको विरोधमा मानवअधिकारकर्मीले प्रदर्शन गरेका हुन् ।

पक्राउ पर्नेमा चरण प्रसाईं, पूर्णिमाया लामा, एमएम आचार्य, जनक राउत, एलिना गौतम, निराजन थपलिया, विपीन बुढाथोकी, शंकर राजन कुइँकेलसहित १२ जना रहेका छन् । प्रहरीले उनीहरुलाई निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा पक्राउ गरेको हो ।

अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै मानवअधिकारवादीहरूले विरोध प्रदर्शन गरेका हुन्र । सापकोटालाई हत्याको आरोप लगाइएको जाहेरीमा अनुसन्धान गर्न आदेश माग गर्दै दिइएको रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ।