१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एका विहानै तर्सिए नेपाली , फेरी गयो भूकम्प



अ+ अ-

बाजुरा । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौँले जनाएको छ ।

भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार सो क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति नपु¥याएको बताउनुभयो । एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका हुन् ।

जिल्लामा पटक÷पटक भूकम्प जान थालेपछि भूकम्प प्रतिरोधात्मक घर नभएपछि यहाँका स्थानीयवासी त्रसित बन्दै गएको बताइएको छ । पुराना ढुङ्गा र काठबाट बनाइएका घरसँगै सिमेन्ट र इँटाबाट बनाएका घर भूकम्परहित नभएपछि जिल्ला सबैभन्दा बढी भूकम्पको जोखिममा रहेको बताइएको छ ।