६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सरकारलाई राजपाले समर्थन गर्ने

सरकारलाई राजपाले समर्थन गर्ने
अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्ना मागहरुमा सरकार सकारात्मक भए सरकारलाई समर्थन गर्ने संकेत गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित प्रतिनिधिसभा सभामुखलाई सफल कार्यकालको शुभकामना दिदै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महेन्द्र राय यादवले सरकारले आफुहरुसं गरेको सहमति कार्यान्वनय गर्न तयार भए समर्थन जनाउन सकिने बताउनुभएको हो । उहाँले सहमति कार्यान्वयनमा सत्तारुढ दल सकारात्मक नदेखिएपछि समर्थन फिर्ता लिनुपरेकाले संविधान संशोधन लगायतका मुद्धामा आफुहरु स्पष्ट भएको बताउनुभयो ।

संविधान संशोधन, रेशम चौधरी लगायत थारुहट र मधेश आन्दोलनका सहभागिहरुमाथि लगाइएको झुठा मुद्धा फिर्ता लिन सरकार तयार भए सरकारलाई पुनः समर्थन गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानका राम्रो पक्षलाई संस्थागत गर्न र पूर्णता दिनका लागि हामीले संशोधनको माग राखेका हौँ । सरकारले संविधान संशोधनको प्रकृया अगाडी बढाउनुप¥यो । राजापा मुद्दाको पार्टी हो । सरकारको पार्टी होइन् । सरकारले जति भन्छ त्यती दिनका लागि समर्थन दिन्छौँ । सरकारले हाम्रा मागहरु पुरा गरोस रेशम चौधरी लगायतलाई रिहाइ गरोस सरकारलाई समर्थन गर्न तयार छौँ ।’

अहिलेकै अवस्थामा सरकारमा सहभागि हुने सम्भावना न्यून रहेको भएपनि संघीयता मजबुद पार्ने र गणतन्त्रलाई बलियो बनाउनका लागि सरकारले पार्टीले उठाएका मुद्दाहरु गम्भिर रुपमा लिए समर्थन गर्न सकिने उहाँले बताउनुभयो ।

सांसद यादवले सरकारलाई उपसभामुखका विषयमा पनि प्रष्ट हुन आग्रह गर्नुभएको छ । आफ्नो पार्टीले सरकारसँग उपसभामुख नमागेको तर कहिले कांग्रेसलाई दिने त कहिले राजपालाई दिने भन्ने कुराहरु बाहिर आएको र यो विषयमा सरकार प्रष्ट हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारसँग हामीले उपसभामुख मागेका छैनौँ । उसले कसरी दिन्छ । राष्ट्रिय जनता पार्टीलाई दिने नदिने के हो सरकारले स्पष्ट पारोस’ ।

सीमा समस्या समाधानका लागि सबै राजनीतिक दलहरु एक हुँदा पनि सरकार अगाडी नबढेको आरोप उहाँले लगाउनुभयो । उहाँले उखु किसानहरुको पैसा भुक्तानी गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।

समाजवादी पार्टीका सांसद डा.बाबुराम भट्टराईले विशिष्ट व्यक्तिहरुको मर्यादाक्रम नमिलेको तर्फ ध्यानाकर्षण गराउनुभयो । सभामुख, राष्ट्रपति र उपराष्ट्रपति पछिको वरियताक्रममा हुनुपर्नेमा त्यस्तो नभएकोप्रति उहाँले ध्यानाकर्षण गराउनुभएको हो । उहाँले भन्नुभयो ‘राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा आउनुपर्ने सभामुख हो । तर दुर्भाग्य हामीले अरुको देखासिकि गरेर कार्यकारणीलाई अगाडी राख्यौँ’ ।

नीति निर्माण हुने थलो प्रतिनिधिसभा भएपनि कानुन बनाउने भन्दा कानुनको व्याख्या गर्ने मर्यादाक्रममा अगाडी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘न्यायपालिका जसले व्यवस्थापिकाले बनाउने ऐन काुननको व्याख्या गर्छ त्यसका प्रमुख पनि व्यवस्थापिकका पमुख भन्दा माथि राखेर लोकतन्त्रको गरिमालाई अवमुल्यन गरिरहेका छौँ । यहाँको नेतृत्वमा यो विषयमा ध्यान पुगोस भन्ने आग्रह गर्दछु ।’

सदनलाई जीवन्त राख्न प्रतिपक्षी दलका कुराहरुलाई प्राथमिकतामा राखेर सदनमा प्रयाप्त छलफल गराउने तर्फ पनि उहाँले सभामुखको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले द्वन्दकालिन मुद्धाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका माध्यमबाट चाँडो टुंगो लगाउनुपर्ने माग समेत गनुभएको छ ।

ठूलो क्रान्ति र विस्तृत शान्ति सम्झौतापछि गठन भएका आयोगले लामो समयसम्म पनि काम गर्न नसक्नु गम्भिर विषयमा भएको बताउनुहुँदै उहाँले कुनै एक व्यक्तिको मुद्धालाई लिएर मात्रै कसैलाई फाइदा नहुने बताउनुभयो । टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिएर रेशम चौधरी लगायतका विषयमा सोच्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

त्यसैगरी स्वतन्त्र सांसद दुर्गा पौडेलले नवर्निवाचित सभामुखलाई सभामुखको तटस्थताको पदीय मर्यादा र गरिमा राख्दै अघि बढ्न शुभकामना दिनुभयो । उहाँले प्रेस स्वतन्त्रता माथिको अंकुशलगाउने किसिमका विधेयक पास गर्नु नहुने र एमसीसीका सम्झौताका प्रावधानहरु बारे गहन छलफल गरिनुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी सांसद प्रेम सुवालले सरकारलाई प्रतिनिधिसभा र प्रतिनिधिसभालाई जनताप्रति जवाफदेही बनाउन सभामुखबाट तटस्थ र निश्पक्ष भुमिका निर्वाह हुने विश्वास आफुले लिएको भन्दै संसदलाई ‘हुन्छ र हुन्न’को थलो नबनाई एक प्राज्ञिक थलो बनाउने सवालमा सभामुखलाई सफलता मिलोस् भन्ने कामना गर्नुभयो ।

सबैको शुभकामना मन्तव्यपछि सभामुख सापकोटाले सभालाई जीवन्त बनाईराख्न आफ्नो हरसंभव प्रयत्न हुने विश्वास दिलाउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक माघ १७ गते शुक्रबार बिहान ११ बजे का लागि बोलाईएको छ ।